default_image

12 months ago

November 5, 2023

टि२० आईमा नेपालको पहिलो सुपर ओभर

2582 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२० आईमा पहिलो पटक सुपर ओभर खेलेको छ । आइसिसी टि२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको हो । यो नेपालले टि२० आईमा खेलेको पहिलो सुपर ओभर समेत हो ।

जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । ओमानलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिँदा सन्दीप लामिछानेले ७ रन खर्चेर एक रन आउटसहित कुल तीन विकेट लिएपछि सुपर ओभर भएको थियो ।

अभिनाश बोहरालाई नसिम खुसीले सुपर ओभरमा तीन छक्कासहित कुल २१ हानेका थिए । सुपर ओभर जित्नको लागि नेपाललाई २२ रन चाहिँएको थियो । तर बिलाल खानले मात्रै १० रन खर्चेर जित दिलाएका थिए ।

सन् २००९ मा एसियन क्रिकेट काउन्सिल टि२० कपमा नेपाल र कुवेतबीचको खेल पनि टाई भएको थियो । जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । तर त्यो समय सुपर ओभर नभएर बल आउटमा नेपालले जितेको थियो ।

बल आउटमा नेपालले ३२ ले जितेको थियो । कुवेतविरुद्ध डेब्यू खेल खेलेका विनोद भण्डारीले अन्तिम बलमा छक्का हान्दै खेल टाई गराएका थिए । त्यो खेल टि२० आई नभएर टि२० थियो ।

सुपर ओभरमा बल आउट अर्थात स्टम्प ताक्नेबाट नेपाल विजयी भएको थियो । त्यो समय नेपालका पारस खड्का, दीपेन्द्र चौधरी र शक्ति गौचनले स्टम्प ताकेका थिए । विनोद दास र सन्जम रेग्मी चुकेका थिए ।

आइसिसी विश्वकप लिग–२ मा नेपाल र अमेरिकाबीचको खेल पनि टाई भएको थियो । तर त्यो समय नेपालले अंक बाँडेको थियो ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.