default_image

12 months ago

November 5, 2023

दीपेन्द्रले फाइनल नखेल्ने

3938 views

0 Bookmark

काठमाडौं (काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल ओमानविरुद्ध नखेल्ने भएका छन् । दीपेन्द्र गत सोमबार घाइते भएका थिए ।

खुट्टामा एंकलको चोटका कारण उनले समूह चरणका कुनैपनि खेल खेलेका थिएनन् । तर शुक्रबार विश्वकपमा पुग्न निर्णायक युएई खेल खेलेपनि उनले ब्याटिङ र बलिङ दुबै गर्नु परेको थिएन । तर दीपेन्द्रले फाइनल नखेल्ने पक्का भएको छ । त्यसैको कारण दीपेन्द्र वार्मअपमा आएका छैनन् । दीपेन्द्र पेभेलिएनमै बसेका छन् ।

दीपेन्द्रको चोट ठिक हुन एक महिना भन्दा बढी समय लाग्नेछ । बिहीबार ओमानसँग हारेपछि दीपेन्द्रले आफ्नो करिअरनै दाउमा राखेर युएईविरुद्ध खेल्ने निर्णय लिएका थिए । तर अव दीपेन्द्रले त्यो जोखिम लिने छैनन् ।

दीपेन्द्र नखेल्दा नेपालले विनोद भण्डारी र सन्दीप जोरा मध्य एकलाई खेलाउनेछ । टोलीको वार्मअप हेर्दा सन्दीप जोराले खेल्ने सम्भावना देखिन्छ ।

नेपाल र ओमानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । खेलको टस बिहान १० : १५ मा हुनेछ । नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए । नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले कप्तानी गर्नेछन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.