default_image

10 months ago

November 5, 2023

दक्षिण अफ्रिका ७ वर्षपछि विश्वकपको सेमिफाइनलमा

7846 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार राती पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिका दुई खेल अगावै सेमिफाइनल खेल्ने पक्का भएको हो ।

दक्षिण अफ्रिकाले आज दिउँसो भारतसँग खेल्दैछ । भारत र दक्षिण अफ्रिकाबीच शीर्षस्थानको लागि भिडन्त हुने पक्का भएको छ । भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।

दक्षिण अफ्रिकाले अव भारत र अफगानिस्तान दुबैसँग हारेपनि सेमिफाइनल खेल्ने पक्का भएको हो । दक्षिण अफ्रिका सन् २०१५ को विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समग्रमा दक्षिण अफ्रिका पाँचौं पटक सेमिफाइनलमा पुगेको हो । हालसम्म दक्षिण अफ्रिकाले फाइनल भने खेलेको छैन । पहिलो पटक फाइनल खेल्दै उपाधि जित्ने सोचमा छ ।

२०१५ को विश्वकपको सेमिफाइनलमा वर्षाको कारण न्युजिल्यान्डले डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । २०१९ को विश्वकपमा भने दक्षिण अफ्रिका ९ खेलमा ७ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको थियो ।

अव विश्वकपमा दुई सेमिफाइनलको लागि ६ टोलीबीच प्रतिस्पर्धा छ । इंग्ल्यान्ड र बंगलादेश भने लिगबाट आधिकारिक रुपमा बाहिरिएका छन् ।

अष्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाले ७ नोभेम्बरमा अफगानिस्तानमा र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । सेमिफाइनल खेल्न अष्ट्रेलियालाई एक जित आवश्यक पर्दछ । दुबै खेल जितेको खण्डमा शीर्ष दुईमा अन्त्य गर्न सक्छ ।

न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ । न्युजिल्यान्डले अन्तिम खेल ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयी भएको खण्डमा सेमिफाइनलमा पुग्न सक्छ । तर अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ ।

पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल इंग्ल्यान्डसँग ११ नोभेम्बरमा खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ । न्युजिल्यान्डले श्रीलंकासँग हारेको खण्डमा पाकिस्तानलाई नेटरनरेटको कुनै झन्झट हुनेछैन ।

अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । अफगानिस्तानले ७ नोभम्बरमा अष्ट्रेलिया र १० नोभेम्बरमा दक्षिण अफ्रिकासँग खेल्नेछ । दुबै खेलमा विजयी भएमा भने सेमिफाइनल खेल्ने देखिन्छ ।

श्रीलंका ७ खेलमा २ मा जित र ५ मा हारका साथ सातौं स्थानमा छ । श्रीलंकाले अव बंगलादेशसँग सोमबार र न्युजिल्यान्डसँग खेल्न बाँकी छ ।

नेदरल्यान्ड्स ७ खेलमा २ मा जितसहित ४ अंकका साथ आठौं स्थानमा छ । बंगलादेश र इंग्ल्यान्ड समान ७ खेलमा १ जितका साथ २–२ अंक जोड्दै नवौं र पुछारमा छन् ।

सेमिफाइनलमा शीर्षस्थानमा रहने टोलीले चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल नोभेम्बर १९ मा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.