default_image

1 year ago

November 4, 2023

न्युजिल्यान्डमाथि पाकिस्तानको सानदार जित

8405 views

0 Bookmark

एजेन्सी – ओपनर फखर जमानको विष्फोटक शतकको सहयोगमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि डकवर्थ लेविस पद्धतिको आधारमा २१ रनको सानदार जित हात पारेको छ । यो जितसँगै पाकिस्तान चौथो जितका साथ सेमिफाइनल सम्भावना कायमै राखेको छ ।

जितको लागि ४ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.३ ओभरमा १६०-१ को अवस्थामा वर्षाले खेल रोकिएको थियो । लामो समय खेल रोकिएपछि पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रनको विजयी लक्ष्य पाएको थियो ।

जितको लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २५.३ ओभरमा २ सय रन बनाउँदा खेल रोकिएको थियो ।

पाकिस्तानका फखर जमान ८१ बलमा ८ चौका र ११ छक्कासहित १ सय २६ रनमा नट आउट रहे । बाबर आजम ६३ बलमा ६ चौका र २ छक्कासहित ६६ रनमा नट आउट रहे ।

ओपनर अब्दुल्लाह शफिक टिम साउथीको बलमा चार रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि बाबर र जमानले १ सय ९४ रनको अविजित साझेदारी गरेका थिए । यो साझेदारी नै डकवर्थ लेविस पद्धतिको आधारमा जित्न पर्याप्त बन्यो ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रन बनाएको थियो । तर बलर नचल्दा उक्त लक्ष्य पनि जित हात पार्न सकेन ।

न्युजिल्यान्डका ओपनर रचिन रविन्द्रले ९४ बलमा १५ चौका र १ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । यसअघि रविन्द्रले इंग्ल्यान्डविरुद्ध १ सय २३ र अष्ट्रेलियाविरुद्ध १ सय १६ रन बनाएका थिए ।

कप्तान केन विलियम्सन ७९ बलमा १० चौका र २ छक्कासहित ९५ रनमा आउट भएका थिए । चोटपछि फर्किएका उनी शतक बनाउन पाँच रनले चुकेका थिए । स्पिनर इफ्तिखर अहमदको बलमा विलियम्सन फखार जमानबाट क्याच आउट भएका थिए ।

दोस्रो विकेटका लागि रचिन र विलियम्सनले १ सय ४२ बलमा १ सय ८० रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर डेभन कन्वे ३९ बलमा ६ चौकासहित ३५ र डर्याल मिचेल २९ रनमा आउट भए । मार्क च्यापम्यान २७ बलमा ७ चौकासहित ३७ रन बनाउँदै आउउट भए ।

ग्लेन फिलिप्स २५ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मिचेल सान्टनार १७ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे ।

पाकिस्तानको जितमा मोहम्मद वासिम जुनियरले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । हसन अली, इफ्तिखार अहमद र हरिस रौफले एक एक विकेट लिए ।

पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका पाँचौं स्थानमा छ । पाकिस्तानले शनिबार इंग्ल्यान्डसँग इर्डेन गार्डेन कोलकातामा खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा १० अंकमा पुग्नेछ । तर अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनु पर्छ । ७ खेलमा अफगानिस्तान ८ अंकका साथ स्थानमा छैटौं । अफगानिस्तानले अव अष्टेलिया र दक्षिण अफ्रिकासँग खेल्नेछ । पाकिस्तान र न्युजिल्यान्ड सेमिफाइनल खेल्न अफगानिस्तानले एक खेल हार्नुपर्छ । नेटरनरेटमा माथि हुने एक टोली मात्रै सेमिफाइनल खेल्न पाउनेछन् ।

न्युजिल्यान्डको नेटरनरेट अन्य टोलीको भन्दा मजबुत छ । त्यसैले अन्तिम खेलमा बिहीबार श्रीलंकालाई हराउँदा सेमिफाइनल खेल्ने सम्भाबना बलियो देखिन्छ । समान ८ अंक भएका तीन टोली न्युजिल्यान्डको नेटरनरेट प्लस ०.३९८, पाकिस्तानको प्लस ०.०३६ र अफगानिस्तानको माइनस ०.३३० छ ।

भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ । दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।

अष्ट्रेलिया ७ खेलमा ४ मा जित र २ मा हारसहित ८ अकका साथ तेस्रो स्थानमा छ । न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.