1 year ago
November 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनलमा आइतबार ओमानसँग खेल्दैछ । खेल ११ बजे बिहान टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फाइनलमा पुग्दै दुबै टोली २०२४ को विश्वकपमा स्थान बनाएको छन् । नेपालले सेमिफाइनल खेलबाट टोलीमा एक परिवर्तन गर्ने पक्का छ । विश्वकपमा पुग्न युएईलाई हराउनै पर्ने हुँदा दीपेन्द्रसिंह ऐरीले आफ्नो करिअरनै जोखिममा मोलेर उक्त खेल खेलेका थिए ।
तर फाइनल उनी खेल्नेछैनन् । खुट्टाको चोट हुँदा उनले फाइनल नखेल्ने पक्का छ । फाइनल हार्दा पनि नेपाललाई खासै ठूलो घाटा हुनेछैन । त्यसैले दीपेन्द्रले उक्त जोखिम लिने छैनन् ।
दीपेन्द्र नखेल्दा नेपालले सन्दीप जोरा वा विनोद भण्डारी मध्य एकलाई मौका दिने देखिन्छ । दीपेन्द्र सन्दीप जोरालाई बेन्चमा राख्दै टोलीमा फर्किएका थिए । दीपेन्द्र नखेल्दा नेपालले जोरालाई मौका दिनसक्छ । टोलीमा अन्य परिवर्तनको भने सम्भावना देखिदैन ।
नेपालले समूह चरणमा ओमानसँग पाँच रनले हारेको थियो । नेपाल त्यो हारको बदला लिँदै उपाधि जित्न चाहन्छ ।
नेपालले ओमानसँग मध्यक्रममा खराब ब्याटिङका कारण हारेको थियो ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा एक समय ११ ओभरमा ७४-४ को अवस्थामा हुँदा १६ ओभरमा ८६–८ को दयनीय अवस्थामा पुगेको थियो । अन्तिम ६ बलमा जितको लागि २६ रन चाहिँदा विवेक यादवले सुरुवाती तीन बलमा लगातार तीन छक्का हानेपनि जिताउन सकेका थिएनन् ।
विवेकको उक्त प्रदर्शनले टोलीको मनोबल भने झनै उच्च हुनेछ । मध्यक्रमका ब्याटर कुशल मल्ल, सन्दीप जोरा र रोहित पौडेलले खेलमा ध्यान दिनुपर्ने हुन्छ ।
नेपालको सम्भावित प्लेइङ–११ :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।
February 2, 2025
एजेन्सी – रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ । आइतवार भएको खेलमा बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो । जितसँगै बार्सिलोना २२ खेलमा ४५ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]