default_image

1 year ago

November 4, 2023

विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी

9752 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो ।

अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

अव आगमी नोभेम्बर २२ देखी ३० सम्म नामिबियामा अफ्रिका छनोट हुँदैछ । अफ्रिका छनोटमा आयोजक नामिबियासँगै केन्या, नाइजेरिया, रवान्डा, तान्जिनिया, युगान्डा र जिम्बावे छन् । शीर्ष दुई टोलीले विश्वकप २०२४ मा स्थान बनाउनेछन् ।

अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा सोझै छनोट भएका हुन् । गतवर्ष विश्वकपमा शीर्ष आठमा रहँदै अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सोझै स्थान बनाएका थिए । वरियताको आधारमा अफगानिस्तान र बंगलादेशले पनि सिधैं स्थान बनाएका थिए ।

युरोप क्षेत्रबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका थिए । इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवा न्युगिनी, अमेरिका छनोटबाट क्यानडा, एसियाबाट नेपाल र ओमानले स्थान थिए ।

विश्वकप २०२४ जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिजमा हुनेछ । पहिलो पटक २० टोलीले भिड्दैछन् । यसअघि १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले त्यसलाई बढाएर २० टोली बनाएको हो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

Success

Thank you for your time.