1 year ago
November 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरियतामा पनि सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ टि२० आई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा छ । टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औं स्थानमा थियो ।
नेपालले विश्वकप छनोटमा चार मध्य तीन खेलमा जित हात पारेपछि वरियता पनि सुधार गरेको भएको हो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो ।
नेपाल २४ खेलमा ४ हजार ३ सय ७७ अंक र १८२ रेटिङका साथ १५ औं स्थानमा छ । उता नेदरल्यान्ड्सको १९ खेलमा ३ हजार ४ सय ४५ अंक र १ सय ८१ रेटिङ अंक छ । नेदरल्यान्ड्सलाई एक रेटिङ अंकले पछि पार्दै सुधार गरेको हो ।
स्कटल्यान्ड १४ औं, आयरल्यान्ड १३ औं, नामिबिया १२ औं, जिम्बावे ११ औं र अफगानिस्तान १० औं स्थानमा छन् । भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, वेस्टइन्डिज सातौं, श्रीलंका आठौं र बंगलादेश नवौं स्थानमा छन् ।
युएई १७ औं, ओमान १८ औं र पपुवा न्युगिनी १९ औं स्थानमा छन् । क्यामरुन सबैभन्दा पुछार ८७ औं स्थान छ । नेपालले विश्वकप छनोटमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो ।
ओमानसँग पाँच रनले हारेको थियो । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले उपाधिको लागि आइतबार ओमानसँग खेल्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]