default_image

10 months ago

November 4, 2023

नेपालको जितका पाँच टर्निङ प्वाइन्ट

6064 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनायो । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो ।

समूह चरणमा ओमानसँग पाँच रनको हारले धेरैले नेपालको विश्वकप यात्रा कठिन हुनसक्ने अनुमान गरेको थियो । तर मुलपानी मैदानमा नेपालले सानदार प्रदर्शनका साथ सहज रुपमा विश्वकपमा स्थान बनायो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्या । नेपालको जितका पाँच टर्निङ प्वाइन्ट यस प्रकार छन् ।

५. खालिदको रन आउट

युएईले खेलमा राम्रो सुरुवात गरेको थियो । त्यो समय नेपाललाई खेलमा फर्किन एउटा विकेट चाहिँएको थियो । सुरुवाती तीन ओभरमै २९ रन जोेड्दै युएईले नेपाललाई केहि दबाबमा राखेको थियो । तर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

नन स्ट्राइकबाट खालिद स्ट्राइकमा जानेक्रममा रन आउट भएका थिए । त्यसपछि नेपाल खेलमा फर्किदै निरन्तर दबाबमा राखेको थियो । त्यहिँ रन आउटको दबाबको कारण वासिम त्यसै ओभरमा आउट भएका थिए । खालिदको रन आउटले नेपालको मोमेन्ट्स फर्किएको थियो । त्यसैले नेपालको जितमा त्यो एउटा टर्निङ प्वाइन्ट थियो ।

४. आसिफको जिम्मेवारी प्रदर्शन

नेपालले ओमानविरुद्ध १ सय ४६ रन पूरा गर्न सकेको थिएन । त्यसमा खेलाडीको जिम्मेवारीको कमी थियो । तर युएईविरुद्ध नेपाली खेलाडीले जिम्मेवारी देखाएका थिए । स्कोर बोर्डमा ठूलो रन नहुँदा कुनै दबाब थिएन ।

ओपनर आसिफ शेखले ५१ बलमा ६४ रन बनाउँदै सहज जित दिलाए । सुरुवात देखीनै उनले विकेट नदिदै युएईलाई दबाबमा राखेका थिए ।

३. कुशल र सन्दीपको राम्रो अन्त्य

एक समय युएई १७ ओभरमा ११८-५ को अवस्थामा थियो । क्रिजमा वृत्य ५४ र बासिल हामिद १ रनमा थिए । यी दुई चलेको खण्डमा बाँकी १८ बलमा युएईले राम्रो अन्त्य गर्न सक्थ्यो ।

डेथ ओभरमा तीव्र गतिका बलरले लगातार खराब प्रदर्शन गदै आएका थिए । नेपालका सन्दीप लामिछानेले १८ औं ओभरमा उच्च लयमा रहेका बासिलको विकेट लिँदै विकेट मेडन राखेका थिए । अन्तिम ओभरमा कुल मल्लले तीन विकेट लिँदा पाँच रन दिएका थिए । यी दुई ओभर राम्रो हुन नसकेको भए नतिजा अर्कै हुनपनि सक्थ्यो ।

नेपालले करण केसीलाई अन्तिम ओभरमा बलिङ नदिने निर्णय लियो । अन्तिम ओभरमा करणको राम्रो इतिहास पनि खासै छैन । करणलाई नदिएर कुशल मल्ललाई दिने निर्णय पनि जितको एक टर्निङ प्वाइन्ट थियो ।

२. स्पिनरको उत्कृष्ट प्रदर्शन

युएईका ब्याटरले स्पिनर सामु संघर्ष गर्दै आएका छन् । नेपाली स्पिनरले त्यसको भरपूर्ण फाइदा उठानए । नेपालका तीन स्पिनरले ८ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिएका थिए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए ।

कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । रोहितले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिएका थिए । स्पिनरको उच्च प्रदर्शनको सहयोगमा नै नेपालको सहज जित सम्भव भएको थियो । उता तीव्र गतिका बलर करण केसीले ३ ओभरमा २६, सोमपाल कामीले ३ ओभरमा १५, गुलशन झाले ३ ओभरमा २४ र अभिनाश बोहराले ३ ओभरमा ३६ रन खर्चेका थिए । सोमपालले मात्रै एक विकेट लिएका थिए ।

१. वासिमको विकेट

नेपालको हार वा जित युएईका मोहम्मद वासिमको विकेटमा निर्भर थियो । वासिमले सुरुवाती तीन ओभरमा १६ बलमा ३ चौका र २ छक्कासहित २६ रन बनाउँदै नेपाललाई दबाबमा राखेका थिए ।

तर सोमपाल कामीको चौथो ओभरको चौथो बलमा ठूलो सर्टको धुनमा वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए । त्यसपछि नेपाल खेलमा हाबी बनेको थियो । त्यो विकेट नै नेपालको जितमा टर्निङ प्वाइन्ट थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.