default_image

10 months ago

November 2, 2023

नेपाललाई युएईसँग बदला लिँदै विश्वकप खेल्ने अवसर

1702 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकद) – नेपाल सन् २०२२ फेब्रुअरी २२ मा आइसिसी टि२० विश्वकप ग्लोबल ए छनोटको सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । ओमानको अल अमरेत मैदानमा २०२२ मा अष्ट्रेलिया हुने टि२० विश्वकपमा स्थान बनाउन नेपाल र युएईबीच सेमिफाइनल खेल भएको थियो । त्यो भिडन्तमा युएईले बाजी मारेको थियो ।

युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै सानदार सुरुवातका साथ खेल मोडेको थियो । नेपालका करण केसी र सोमपाल कामी दुबै चोटका कारण थिएनन् । तीव्र गतिका बलर जितेन्द्र मुखियाले ओपनर चिराग सुरीलाई ४ रनमै क्याच आउट गराएका थिए ।

तर वृत्य अरविन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको इनिङ खेल्दै सानदार सुरुवात दिलाएका थिए । त्यो सुरुवातलाई कप्तान मोहम्मद वासिमले ४८ बलमा ४ चौका र ४ छक्कासहित ७० रनको इनिङ खेल्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिकले १४–३ को अवस्थामा पुर्याएका थिए । त्यसपछि कप्तान अहमद राजाले ५ विकेट लिँदै नेपाललाई १ सय ७ रनमा अल आउट गर्दै विश्वकप सपना समाप्त पारेका थिए ।

दुई वर्षपछि नेपालले विश्वकपमा पुग्न पुन युएईसँग खेल्दैछ । त्यो बेला नेपाल समूह विजेता र युएई समूह उपविजेता बनेका थिए । तर यो पटक युएई समूह विजेता र नेपाल उपविजेता बनेर सेमिफाइनल खेल्न लागेका हुन् ।

शुक्रबार मुलपानी मैदानमा नेपाल र युएईबीच बिहान ११ बजे सेमिफाइनल खेल हुँदैछ । नेपालको लक्ष्य युएईलाई हराउँदै २०२४ को विश्वकपमा स्थान बनाउने हुनेछ । विश्वकपमा स्थान बनाउने मात्रै हुनेछैन, २०२१ को बदला लिने सोच पनि हुनेछ । तर युएईलाई हराउन नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

युएईका कप्तान मोहम्मद वासिम यस पटक पनि निर्णायक बन्ने देखिन्छ । उनको प्रदर्शनले युएईको नतिजा धेरै निर्भर बन्नेछ । यसै साता त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई हराउन वासिमले महत्वपूर्ण ४५ रन जोडेका थिए ।
गत वर्षका नायक वृत्य अरविन्द नेपालविरुद्ध खेल्ने वा नखेल्ने अन्यौल छ ।

हङकङविरुद्ध खेल्नेक्रममा उनको हातको नाडीमा चोट लागेको थियो । उनी नखेल्दा अर्यांश शर्माले खेल्नेछन् । मध्यक्रममा बासिल हामिद र अली नासिरको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

जुनैद र जहुर अहिले पनि प्रमुख बलर हुन् । स्पिनर आयन खानले नेपालविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । युएईले समूह चरणमा मुलपानीमा तीन खेल खेलेको थियो । त्यसैले युएईलाई केहि फाइदा समेत हुनेछ ।

ओमानसँगको पाँच रनको हारले नेपालको सहज विश्वकप यात्रा कठिन बनेको हो । यदि ओमानलाई हराउन सकेको भए नेपालले टियु मैदानमा बहराइनसँग सेमिफाइनल खेल्न पाउथ्यो । क्रिकेटमा कुनै भर हुँदैन । स्तर अनुसार बहराइनसँग खेल्दा विश्वकप यात्रा केहि सहज हुनसक्थ्यो ।

तर नेपालले युएईलाई हराउन आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । ब्याटरले जिम्मेवारी लिन आवश्यक देखिन्छ । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते हुनु नेपालको लागि ठूलो झड्का हो । दीपेन्द्रले बिहीबार नेटमा अभ्यास गरेका थिए । उनी शुक्रबार खेल खेल्न सक्ने झिनो आशा पनि देखिन्छ । यदि जोखिम मोलेर दीपेन्द्र खेल्दा सन्दीप जोरा बाहिर हुने देखिन्छ ।

कुशल भुर्तेल र कुशल मल्ल नेपालका प्रमुख टि२० खेलाडी हुन् । यी दुई खेलाडीको उच्च प्रदर्शन विना नेपालको विश्वकप यात्रा कठिन देखिन्छ । आसिफ शेख, रोहित पौडेल र सन्दीप जोराले इनिङमा ध्यान दिनुपर्छ । मुलपानीको पिच स्पिनर सहयोगी छ । सन्दीप लामिछानेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

करण, सोमपाल र अभिनाशबाट नेपाल सानदार बलिङ प्रदर्शन चाहन्छ । घरेलु मैदान, दर्शक र कन्डिसनले गर्दा नेपाल थप मजबुत छ । त्यसैले नेपाललाई २०१४ पछि टि२० विश्वकप खेल्ने यो गोल्डेन अवसर हो । अर्कोतर्फ युएईसँग बदला लिने राम्रो अवसर पनि हो ।

नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै उपाधि जितेको थियो । प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कप खेलेको थियो । गत फागुनमा यु१९ टोलीले युएईलाई हराउँदै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो । नेपाल पनि युएईलाई हराउँदै १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाउन चाहन्छ ।

२०२१ पछि नेपालको टोलीमा युद्ध स्तरमा परिवर्तन भएको छ । त्यो समय नेपालको ब्याटिङ प्रमुख कमजोरीको रुपमा थियो । तर अहिले मुख्य हतियार ब्याटिङ हो । त्यो समय नेपालको टोलीमा एकता थिएन । खेलाडी, क्यान, कप्तान र प्रशिक्षकबीच राम्रो सम्बन्ध पनि थिएन । पछिल्लो एक वर्षमा मोन्टी देशाईको आगमनले यी सबै समस्या अन्त्य भएका छन् ।

नेपालले क्रिकेटमा कुनैपनि कुरा सहजै हात पार्दैन । आइसिसी विश्वकप लिग-२ मा अन्तिम १२ मध्य ९ खेल जितेर नेपालले ओडिआई मान्यता जोगाएको थियो । १२ मध्य ११ खेल जितेर विश्वकप छनोट खेलेको थियो ।

नेपालले पछिल्लो समय दबाबमा खेल्न जानेको छ । फेरिएको टोलीले युएईलाई पुन हराउँदै विश्वकपमा स्थान बनाउन चाहन्छ । यो युएईसँग २०२१ को सेमिफाइनलमा हारेको बदला लिने सबैभन्दा राम्रो समय पनि हो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.