default_image

12 months ago

November 2, 2023

सिंगापुरमाथि मलेसियाको सहज जित

887 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ६० रनले हराएको छ । जितको लागि १ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । सिंगापुरका अरित्र दत्तले ३१ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनमा आउट भए ।

रोहन रंगराजन ३१ बलमा १ चौका र २ छक्कासहित ३६ र अनिश पराम ३१ रनमा आउट भए । पहिलो विकेटका लागि अरित्र र रंगराजनले ८.५ ओभरमा ८१ रनको साझेदारी गरेका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मलेसियाका मोहम्मद आमिरले ३ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए । पवनदीप सिंहले २, विरनदीप सिंह र रिजवान हैदरले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । मलेसियाको जितमा कप्तान अहमद फैजले ४१ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ७१ रन बनाए । ओपनर सैद अजिज ८ बलमा १ चौकासहित ८ रनमा क्याच आउट भएका थिए ।

दोस्रो विकेटका लागि शार्विन मुनिआन्दी र जुबैदी जुलकिफीले ६८ रनको साझेदारी गरेका थिए । जुबैदी १९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा थिलाप्पनको बलमा बोल्ड आउट भए ।

तेस्रो विकेटका लागि मुनिआन्दी र फैजले ९२ रनको साझेदारी गरेका थिए । मुनिआन्दी ४८ बलमा ८ चौकासहित ६० रनमा नटआउट रहे । विरनदीप सिंह ५ बलमा १ छक्कासहित ८ रनमा क्याच आउट भए ।

सिंगापुरका रमेश कलिमुथुले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जनक प्रकाश र थिलिप थिलाप्पनले एक एक विकेट लिए । समूह ए बाट दुबै टोली सेमिफाइनल दौडबाट बाहिरिएका थिए । समूह ए बाट ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.