default_image

10 months ago

November 2, 2023

नेपालले ओमानसँग हार्नुको मुख्य पाँच कारण

19863 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग पाँच रनको हार व्यहोर्न पुग्यो । त्यही हारको कारण नेपाल समूह ए को विजेता बन्दै टियुमा सेमिफाइनल खेल्ने अवसर गुमाएको छ ।

नेपालले जितको लागि १ सय ४६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएपनि निर्धारित २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । नेपालका युवा फिनिसर विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

अन्तिम ६ बलमा जितको लागि २६ रन चाहिँदा विवेकले बिलाल खानलाई सुरुवाती तीन बलमा लगातार तीन छक्का हान्दै जित नजिक पुर्याएका थिए । तर चौथो बलमा आउट भएपछि जिताउन सकेनन् ।

नेपालले ओमानसँग हार्नुमा खेलाडी र टिम व्यवस्थापन दुबैको गल्ती छ । नेपालले ओमानसँग हार्नुका मुख्य पाँच कारण यस प्रकार छन् ।

५.जिम्मेवारीको कमी र कमजोर मध्यक्रम ब्याटिङ

मध्यक्रमका ब्याटरको कमजोर प्रदर्शन र जिम्मेवारीको कमी हारको कारण हुन् । स्कोर बोर्डको दबाब नेपाली टोलीमा थिएन । कुनै एक ब्याटरले एक इनिङ सम्हाल्दा सहज जित हात पार्न सक्थ्यो । नेपालले पावर प्लेमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको थियो ।

८४ बलमा नेपाललाई जितको लागि १ सय रन चाहिएको थियो । एउटा राम्रो साझेदारी वा एक ब्याटरको ठूलो इनिङमा नेपालले सहज जित हात पार्न सक्थ्यो । एउटा ब्याटरले जिम्मेवारी लिएर खेल्दा सहज जित हात पार्न सक्थ्यो ।

तर नेपालले लगातार खराब सटमा विकेट गुमाएको थियो । नेपालका मध्यक्रमका ब्याटर कुशल मल्ल १०, रोहित पौडेल १२, गुलशन झा ३ र सन्दीप जोरा १२ रनमा आउट भएका थिए ।

ओमानको राम्रो बल भन्दा पनि खराब सर्टको धुनमा नेपालले विकेट गुमाएको थियो । जिम्मेवारीको कमी र खराब सर्टको कारण नेपाल हार्न पुग्यो ।

४. ब्याटिङ लाइनअपमा धेरै प्रयोग

आजको हारको कारण ब्याटिङ लाइनअपमा धेरै प्रयोग हो । नेपालले सोमपाल कामीलाई सबैलाई आश्चर्य दिदै तेस्रो नम्बरमा पठाएको थियो । नेपालले सोमपाललाई तेस्रोमा पठाउने निर्णय भारी परेको थियो । तेस्रो नम्बरमा कुशल मल्लले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

रोहित, कुशल मल्ल, सन्दीप जोरा र विवेक यादव जस्ता खेलाडी टोलीमा हुँदा सोमपाललाई तेस्रो नम्बरमा खेलाउनु ठूलो भारी पर्यो । सोमपाललाई नेपालले अनावश्यक रुपमा माथि पठाएको थियो ।

१५ औं ओभरको पाँचौं बलमा सन्दीप जोरा क्याच आउट भए । त्यसपछि नेपालले करण केसीलाई पठाउनु पर्ने थियो । तर सन्दीपलाई पठाएको थियो । करण टोलीका क्लिन हिटर हुन् ।

करण सन्दीपको स्थानमा आएको भए नतिजा अर्कै हुनसक्थ्यो । प्रमुख क्लिन हिटरलाई पछि पठाएको थियो । नेपालले लगातार ब्याटिङ परिवर्तन गर्दै आएको छ ।

ब्याटिङ परिवर्तनले खेलाडीको प्रदर्शनमा पनि फरक पार्छ । गुलशन भन्दा अघि विवेकलाई पठाउन सक्थ्यो । ब्याटिङक्रममा अनावश्यक परिवर्तन नेपालको हारको कारण हो ।

३.बलिङमा अन्तिम ओभरमा मोमेन्ट्स गुम्नु

टि२० क्रिकेटमा मोमेन्ट्स अन्तिम समयमा सधैं महत्वपूर्ण हुन्छ । ओमानले अन्तिम ओभर मोमेन्ट्स आफ्नो पक्षमा लगेर ड्रेसिङ रुममा गएको थियो । ओमान १९ ओभरमा १२८–८ को अवस्थामा थियो ।

अन्तिम ओभरमा करण केसीले १७ रन खर्चेका थिए । अन्तिम दुई बलमा सकिल अहमदले करणलाई छक्का र चौका हान्दै मोमेन्ट्स आफ्नो पक्षमा फर्काएका थिए । त्यसैको कारण बलिङमा थप राम्रो गर्ने हौसला मिलेको थियो । बलरलाई पनि १ सय ४० माथि बोर्डमा भएपछि जित्ने हौसला बढेको थियो ।

२.जिशानको उत्कृष्ट कप्तानी

ओमानको जितमा कप्तान जिशान मकसुदको कप्तानीलाई पनि श्रेय दिनुपर्छ । नेपालले सोमपाललाई तीव्र गतिका बलरलाई खेल्न पठाएको थियो । तर जिशानले तीव्र गतिका बलर रोक्दै सोमपाललाई स्पिन लगाए । सोमपाल स्पिनर सकिल अहमदको बलमा क्याच आउट भए ।

कुशल मल्ल नेपालका सबैभन्दा उत्कृष्ट टि२० खेलाडी हुन् । कुशल लङअनमा बढी छक्का प्रहार गर्ने गर्दछन् । कुशल आफ साइडको बल खेल्न संघर्ष गर्ने गर्दछन् ।

लङअन र काउकर्नरमा फिल्डर राख्दै जिशानले कुशललाई निरन्तर अकिब इल्यास र मेहरान खानको बलिङ लगाएका थिए । दुबैले कुशलको कमजोरीमा नै बलिङ गर्दै दबाब बढाएका थिए ।

ओमानले तीन क्याच ड्रप गरेका थिए । जिशानको फिल्डिङ सजावट पनि त्यतिनै राम्रो थियो । अन्तिम ओभरमा लगातार तीन छक्कापछि उनले बिलाल खानलाई सम्झाएका थिए । सुस्त गतीको बलमा विवेक फसेका थिए । उनले नेपालको ब्याटर अनुसार बलिङ र फिल्डिङ लगाएका थिए । जिशानको उत्कृष्ट कप्तान नेपालको हारको एक कारण हो ।

१.१२ देखी १६ ओभरमा बिर्सनलायक ब्याटिङ

नेपालको हारको मुख्य कारण १२ देखी १६ ओभरसम्म सम्हालिन नसक्नु हो । नेपाल ११ ओभरमा ७४–४ को अवस्थामा थियो । कुशल मल्ल १० र सन्दीप जोरा ९ रनमा खेलेका थिए ।

यो समय सम्म नेपालले सहज जित निकाल्ने अनुमान गरिएको थियो । तर नेपाल १६ ओभरमा ८५–८ दयनीय अवस्थामा पुगेको थियो । नेपालको हारको १६ ओभरमा पुग्दा लगभग सकिएको थियो । अन्तिम ओभरमा विवेक यादवले तीन छक्का हानेपछि आशा फर्किएको थियो ।

मेहरान खानको १२ औं ओभरको पहिलो बलमा कुशल मल्ल क्याच आउट भए । अर्को ओभरको चौथो बलमा अकिबले गुलशन झालाई सहज क्याच आउट गराए । १५ औं ओभरको अन्तिम बलमा सन्दीप जोरा जिशान मकसुदको बलमा क्याच आउट भए ।

अर्को ओभरमा सन्दीप लामिछाने आउट भएका थिए । नेपालले १२ देखी १६ ओभर अर्थात ३० बलमा ११ रन बनाउँदा चार विकेट गुमाएको थियो ।

त्यसैको कारण जितको लागि आवश्यक रनरेट १५.२५ पुगेको थियो । त्यो समयमा बिर्सन लायक ब्याटिङ नै हारको मुख्य कारण हो । १२ देखी १६ ओभर सम्म नेपालले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेन । त्यो पाँच ओभरमा राम्रो प्रदर्शन गर्न नसक्नु नै हारको मुख्य कारण बन्यो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.