default_image

10 months ago

November 2, 2023

सेमिफाइनलमा टिकटको मूल्य बढ्यो

5642 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा टिकट मूल्य बढेको छ । नेपालले शुक्रबार सेमिफाइनल खेलमा मुलपानी मैदानमा युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँ बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएको थियो । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ । सेमिफाइनलमा भिभिआइपी टिकट मूल्य भने राखिएको छैन ।

क्यानले भिभिआईपी टिकट मूल्य १० हजार राखेको थियो । उक्त टिकटमा पारस खड्का लगायत क्रिकेट खेलाडी भेट र खानाको व्यवस्था गरेको थियो । तर नेपालको सेमिफाइनल मुलपानीमा परेपछि भिभिआइपी टिकट भने हटाएको छ ।

टियुमा समूह ए को विजेता ओमान र समूह बी को उपविजेताबीच शुक्रबार सेमिफाइनल खेल हुनेछ । समूह बी बाट को उपविजेता बन्ने कुवेत र बहराइनबीचको नतिजापछि मात्रै थाहा हुनेछ ।

दुबै सेमिफाइनल बिहान–११ बजे सुरु हुनेछन् । फाइनलमा पुग्ने दुबै टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार टियु क्रिकेट मैदानमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.