default_image

10 months ago

November 2, 2023

सिंगापुरलाई मलेसियाको विशाल लक्ष्य

5898 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको अन्तिम खेलमा सिंगापुरलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।

मलेसियाका कप्तान अहमद फैजले ४१ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ७१ रन बनाए । ओपनर सैद अजिज ८ बलमा १ चौकासहित ८ रनमा क्याच आउट भएका थिए ।

दोस्रो विकेटका लागि शार्विन मुनिआन्दी र जुबैदी जुलकिफीले ६८ रनको साझेदारी गरेका थिए । जुबैदी १९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा थिलाप्पनको बलमा बोल्ड आउट भए ।

तेस्रो विकेटका लागि मुनिआन्दी र फैजले ९२ रनको साझेदारी गरेका थिए । मुनिआन्दी ४८ बलमा ८ चौकासहित ६० रनमा नटआउट रहे । विरनदीप सिंह ५ बलमा १ छक्कासहित ८ रनमा क्याच आउट भए ।

सिंगापुरका रमेश कलिमुथुले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जनक प्रकाश र थिलिप थिलाप्पनले एक एक विकेट लिए । समूह ए बाट दुबै टोली सेमिफाइनल दौडबाट बाहिरी सकेका छन् । समूह ए बाट ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.