12 months ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल युएईसँग खेल्ने भएको छ । नेपाल अन्तिम खेलमा ओमानसँग पाँच रनले हरोपछि युएईसँग सेमिफाइनल खेल्ने भएको हो । उता युएईले अर्को खेलमा हङकङलाई २२ रनले हराउँदै समूह बी को विजेता बनेको छ ।
जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।
हङकङका अंशुमन रथले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाए । निजाकत खान २५, एजिज खान २६ र यासिम मुर्तजाले १३ रन बनाए । युएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।
युएईका बासिल हामिद २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएको थियो । एलिशान शराफु २४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । खालिद शाह ६, आसिफ खान ४ र वृत्य अरविन्द्य १९ रनमा आउट भए ।
हङकङका यासिम मुर्तजाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नस्रुल्लाह राना ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । एहसान खानले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।
नेपालले मुलपानी मैदानमा शुकबार सेमिफाइनल खेलमा युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल ३ खेलमा २ जित र १ मा हारसहित ४ अंकका साथ समूह ए को दोस्रो स्थानमा रह्यो । ओमान ३् खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
समूह बी मा युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । अव अन्तिम खेलमा कुवेत र बहराइन खेल्दैछन् । उक्त खेलमा बहराइन विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।
तर बहराइन पराजित भएमा नेटरनरेटको आधारमा तीन मध्य एक टोली सेमिफाइनल खेल्नेछन् । उक्त एक टोलीले शुक्रबार ओमानसँग टियुमा सेमिफाइनल खेल्नेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]