default_image

12 months ago

November 2, 2023

रोमान्चक खेलमा नेपाललाई हराउँदै ओमान समूह विजेता

3095 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई पाँच रनले हराउँदै समूह ए को विजेता बनेको छ । योसँगै नेपालले समूह बी को विजेता र ओमानले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछन् ।


जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय ४० रनमा अल आउट भयो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेक यादवले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल रोचक बनेको थियो ।

नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक स्वलो बलमा क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा छक्का चाहिँएको थियो । करण स्ट्राइकमा थिए । तर करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो ।

कुशल भुर्तेलले सर्वाधिक २६ रन बनाए । नेपालले सुरुवात देखीनै लगातार विकेट गुमाएको थियो । आसिफ शेखले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दोस्रो ओभरको चौथो बलमा आसिफको बल मेहरान खानले क्याच छाड्न पुगेका थिए । तर आसिफ अर्को ओभरको पहिलो बलमा बिलाल खानको बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

सोमपालले चौथो ओभरको पाँचौं बलमा ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । कलिमउल्लाहको बलमा कश्याप प्रजापतिले डीप स्क्वायर लेगमा क्याच छाड्न पुगेका थिए । स्पिनर सकिल अहमदको पाँचौं ओभरको पाँचौं बलमा सोमपाल कामी १२ रनमा एक्स्ट्रा कभरमा अकिब इलियासबाट क्याच आउट भए । सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए ।

मेहरान खानको छैटौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल बोल्ड आउट भए । लेग साइडको बल गाइड गर्ने धुनमा हुँदा बोल्ड भए । कुशलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।

कुशल मल्ल १२ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा लङअनमा कलिमुल्लाहबाट क्याच आउट भएका थिए । कुशलले १२ बलमा १० रन बनाए । त्यसपछि नेपाल दबाबमा परेको थियो ।

अकिबको १३ औं ओभरको चौथो बलमा गुलशन झा कभरमा जिशान मकसुदबाट ३ रनमा सहज क्याच आउट भए । त्यो समय नेपाल ७९–६ को अवस्थामा थियो । कप्तान रोहित पौडेल र सन्दीप जोरा १२–१२ रनमा आउट भए ।

ओमानका अकिब इलयासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मेहरान खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सकिल अहमदले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान जिशान मकसुदले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । ओमानको जितमा जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए । तर ओमानको उत्कृष्ट बलिङले उक्त योगफल बचाउन पर्याप्त भयो ।

विकेटकिपर नसिम खुसीले तल्लोक्रममा १४ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर करण केसीको पाँचौं बलमा कश्याप प्रजापति एज लगाउने धुनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । कश्याप उनी ५ बलमा २ चौकासहित ८ रनमा आउट भए ।

सोमपालले चौथो ओभरको पहिलो बलमा ओमानका प्रमुख ब्याटर अकिब इलियासलाई २ रनमा बोल्ड आउट गर्दै दबाब बढाएका थिए । सोमपालले छैटौं ओभरको तेस्रो बलमा शोएब खानलाई बोल्ड गर्दै ५० औं विकेट पूरा गरेका थिए ।

सोमपाल नेपालमा सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहरापछि टि२० आईमा ५० औं विकेट पूरा गर्ने चौथो बलर हुन् ।

गुलशन झाको पाँचौं ओभरको अन्तिम बलमा प्रतीक मिडअफमा रोहित पौडेलबाट क्याच आउट भए । उनी १८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । त्यसअघि वैकल्पिक फिल्डर प्रतिश जि.सीले प्रतीकको क्याच छाड्दै १४ रनमा जीवनदान दिएका थिए ।

पाँचौं विकेटका लागि आएन खान र जिशान मकसुदले ४९ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काएका थिए । चोभार एन्डबाट आएका सन्दीपले आयन खानलाई १८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा मेहरान खान एलबीडब्लू आउट भएका थिए । ह्याट्रिक बलमा नसिम खुसीले स्वीप हान्दै चौका हानेका थिए ।

अभिनाश बोहराको १५ औं ओभरको चौथो बलमा जिशान आसिफ शेखबाट क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । सकिल अहमद १७ बलमा २ चौका र १ छक्काहित २२ रनमा नट आउट रहे । ओमानले अन्तिम ओभरमा करण केसीलाई १७ रन हानेको थियो ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । अव नेपालले सेमिफाइनलमा शुक्रबार समूह बी को विजेतासँग खेल्नेछ । नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.