1 year ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालविरुद्ध टोलीमा दुई परिवर्तन गरेको छ । टियु क्रिकेट मैदानमा ओमानले टस जितेर पहिला ब्याटिङ गर्दै छ ।
ओमानले सिंगापुरको खेलबाट आफ्ना तीव्र गतिका बलर फयाज बट र मोहम्मद नदिमलाई बेन्चमा राखेको छ । विकेटकिपर मोहम्मद नसिम र तीव्र गतिका बलर कलिमुल्लाहलाई आजको खेलमा खेलाएको छ ।
यता घरेलु टोली नेपालले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । युवा अलराउन्डर विवेक यादवलाई निरन्तरता दिएको छ । यस खेलको विजेता समूह ए को विजेता बन्नेछ । दुबै टोली सेमिफाइनलमा पुगेका छन् ।
ओमानको प्लेइङ ११ :
जिशान मकसुदर(कप्तान), अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नसिम(विकेटकिपर), बिलाल खान, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान र प्रतीक अथावले
नेपालको प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]