default_image

10 months ago

November 2, 2023

नेपाल समूह विजेता बन्न ओमानसँग खेल्दै

1773 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ ।

समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ ।

नेपाल ओमानलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्नसक्छ । विनोद भण्डारीलाई मैदान उतार्दा विवेक यादवलाई बेन्चमा राख्न सक्छ ।

दीपेन्द्रसिंह ऐरी घाइते भएपछि विवेकलाई नेपालले मौका दिएको थियो । विवेकले मलेसियाविरुद्ध २ रन बनाउँदा अन्य खेलमा ब्याटिङ र बलिङ दुबैमा मौका पाएका छैनन् ।

कुशल मल्ल र कुशल भुर्तेल नेपालका प्रमुख टि२० खेलाडी हुन् । यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई खेलाडी चलेको खण्डमा नेपालले सहज जित हात पार्नसक्छ ।

उता ओमानका तीव्र गतिका बलर बिलाल खान र फयाज बटबाट नेपाल सुरुवातमा केहि संयमित हुनुपर्छ । दुबैमा राम्रो अनुभव छ ।

आसिफ शेख खुलेर खेल्न केहि संघर्ष गरेका छन् । सेमिफाइनल अघि नेपाल आसिफबाट पनि ठूलो इनिङ चाहन्छ । सुरुवाती दुई खेलमा नेपालका तीव्र गतिका बलरले पावर प्लेमा राम्रो सुरुवात गरेका छैनन् ।

मलेसियाले पावर प्लेमा ६० रन जोडेको थियो । ओमानविरुद्ध यो गल्ती भारी पर्नसक्छ । स्पिनर सन्दीप लामिछानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

पावर प्लेमा करण र सोमपालको जोडीले विकेटतर्फ ध्यानदिनुपर्ने हुन्छ । डेथ ओभरमा अभिनाश बोहराले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

ओमानका अकिब इल्यास प्रमुख हतियार हुन् । उनलाई चाँडै आउट गर्न सके नेपालले जित सहज बनाउन सक्छ । अनुभवी कप्तान जिशान मकसुदले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

ओपनर कश्याप प्रजापतिको प्रदर्शन सुरुवातमा महत्वपूर्ण हुनेछ । ओमानको फिनिसर र मध्यक्रम भने कमजोरीको रुपमा छ । त्यस समस्यामा नेपालले ध्यान दिनुपर्छ । नेपाल र ओमानबीच टि२० आईमा चार खेल भएका छन् । ओमान एक र नेपाल तीन खेलमा विजयी भएको छ ।

समूह ए को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । तर मुलपानीमा आज हुने दुबै खेल निकै महत्वपूर्ण हुनेछन् । पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

बहराइनसँग हारेको हङकङलाई सेमिफाइनल खेल्न युएईलाई हराउनु पर्ने हुन्छ । उता सुरुवाती दुई खेल जितेको युएईलाई जित वा झिनो अन्तरको हार सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।

दोस्रो खेलमा बहराइन र कुवेत भिड्नेछन् । पहिलो खेलमा हङकङ पराजित भएमा बहराइनलाई जित पर्याप्त हुनेछ । तर हङकङ विजयी भएको खण्डमा बहराइनले नेटरनरेटमा ध्यान दिनुपर्छ । कुवेत सेमिफाइनलमा पुग्न आफ्नो विशाल जितसँगै पहिलो खेलमा युएई विजयी भएको हुनुपर्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.