default_image

10 months ago

November 1, 2023

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

7463 views

0 Bookmark

काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह ए को अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।

नेपाल र ओमानबीचको खेलले समूह ए को विजेता निर्धारण गर्नेछ । दुबै टोली सेमिफाइनलमा पुगेका छन् । विश्वकप खेल्नको लागि दुबै टोलीको लागि यो खेल निकै महत्वपूर्ण हुनसक्ने अनुमान गरिएको छ । त्यसैले नेपाल र ओमान आफ्नो उत्कृष्ट टोली मैदान उतार्ने सोचमा हुनेछन् ।

पहिलो खेल खेल्नुअघि नेपालले प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । सिंगापुरविरुद्ध खेल्नुअघि अन्तिम समयमा दीपेन्द्रको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । त्यसैले प्लेइङ–११ परिवर्तन गर्दै विवेक यादवलाई खेलाएको थियो ।

मलेसियासँग पनि विवेकलाई नै निरन्तरता दिएको थियो । विवेक तल्लोक्रममा आक्रामक ब्याटिङसँगै पार्टटाइम तीव्र गतिका बलर पनि हुन् ।

नेपालको बेन्चमा ललित नारायण राजवंशी, प्रतिश जि.सी., विनोद भण्डारी र दीपेन्द्र छन् । दीपेन्द्रलाई ठिक हुन एक महिना भन्दा बढी लाग्ने बताइएको छ । नेपालले विवेकको स्थानमा विनोद भण्डारीलाई मौका दिनसक्छ । विवेकलाई नेपालले दुबै खेलमा बलिङ गराएको छैन ।

विनोद टियुमा राम्रो प्रदर्शन पनि गर्दै आएका छन् । विकेटकिपिङ राम्रो गर्ने गर्दछन् । नेपालले विवेकको स्थानमा विनोदलाई मौका दिनसक्छ । टोलीमा अन्य कुनैपनि खेलाडीको परिवर्तनको सम्भावना छैन । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल छन् । कुशल खुलेर खेल्दा आसिफले केहि संघर्ष गरेका छन् । सेमिफाइनल अघि आसिफबाट नेपाल ठूलो इनिङ चाहन्छ ।

तेस्रो नम्बरमा कुशल मल्ल हुनेछन् । कुशल नेपालका प्रमुख ब्याटर हुन् । उनी चलेको खण्डमा नेपालले सहजै जित हात पार्नसक्छ । कुशल ठूला ठूला सर्ट प्रहार गर्न माहिर छन् । चौथो नम्बरमा रोहित र पाँचौं नम्बरमा सन्दीप जोरा हुनेछन् । दीपेन्द्र नहुँदा मध्यक्रममा जोरा र रोहितले जिम्मेवारी बढी लिनुपर्ने हुन्छ ।

छैटौं नम्बरमा विवेक वा विनोद मध्य एक खेल्नेछन् । त्यसपछि टोलीको अवस्थामा भरपर्नेछ । सोमपाल कामी, करण केसी र गुलशन झा तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

अभिनाश बोहरा डेथ ओभर स्पेलिष्ट हुन् । सन्दीप लामिछानले स्पिन आक्रामण सम्हाल्नेछन् । सन्दीपलाई अर्को एन्डबाट स्पिन आक्रामणमा कुशल मल्लले साथ दिनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.