1 year ago
October 31, 2023
भुपेन्द्र जि.सी/सफल केसी, काठमाडौं
दर्शक बिना कुनैपनि खेलको लोकप्रियता कल्पना गर्न सकिदैन । खेलमा जति धेरै दर्शक त्यतिनै धेरै खेल हेर्न रमाइलो हुन्छ । क्रिकेटमा हरेक समर्थक आफ्ना ब्याटरबाट छक्का चाहन्छन् । खेल दौरान आफ्नो टोलीका खेलाडीले छक्का हान्दा दर्शक दिर्घाको माहोल बेग्लै हुन्छ । खेलाडी पनि खेलमा जित पक्का गर्न सकेसम्म छक्काबाट अन्त्य गर्न चाहन्छन् । तर कहिलेकाहीं खेलको दौरान छक्का हानेको बल दर्शकबाट फिर्ता नै आउँदैन ।
नेपालमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा त्यस्तै एक रोचक घटना घटेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा कुवेतले युएईलाई जितको लागि मात्रै ८९ रनको लक्ष्य दिएको थियो । जितका लागि एक रन चाहिँदा कुवेतका कप्तान मोहम्मद अस्लामले मित भावसारलाई बलिङ गर्न दिए ।
युवा स्पिन अलराउन्डर मितले १५ औं ओभरको पहिलो बल बासिल हामिदलाई डट राखेका थिए । मुलपानी एण्डबाट आएको दोस्रो बल बासिलले छक्का हान्दै युएईलाई पाँच विकेटको जित दिलाए । अफ स्टम्पतर्फ फ्याँकेको बललाई बासिलले डिप मिडविकेटतर्फ छक्का प्रहार गरे । मुलपानी मैदानको दर्शक बस्ने ठाउँतर्फ गरिएको उक्त विशाल प्रहारसँगै खेल पनि सकियो ।
धेरैको ध्यान युएईको उक्त जितमा थियो । तर दर्शकको ध्यान युएईसँगै त्यहाँ भएको एक रोचक घटनामा मोडियो । त्यहाँ भएका एक दर्शकले त्यो बल समाए र आफ्नो गोजीमा हाले । अनि त्यसपछि उनले फिल्मी शैलीमा आफ्नो मोटरसाइकल स्टार्ट गरेर तीव्र गतिमा हाँक्दै भागे । खेलका अम्पायर बुद्धि बहादुर प्रधानले लगातार बल मागेपनि दर्शक बल लिएर भागिसकेका थिए ।
बाहिर रहेका सुरक्षाकर्मीले बल लगेर भागेको चाल पाउन सकेका थिएनन् । उनी बल लगेर भागेको हुँदा समाउन र रोक्न अन्य दर्शकले भनेका थिए । मुलपानीको दर्शक बस्ने कच्ची मोटरबाटोमा उनले आफ्नो ज्यानको कुनै पर्वाह नै नगरी मोटरसाइकल कुदाए । उनलाई अन्यले रोक्न भनेको सुनेका पनि थिए । तर उनी रोकिएनन् ।
केहि सुरक्षाकर्मीले पछ्याउने प्रयास गरेपनि मोटरसाइकलको गतीमा कसैले भेट्टाउन सकेनन् । यद्यपि उनको मोटरसाइकलको नम्बर भने प्रहरीले प्राप्त गरिसकेको छ ।
विश्वकप छनोटका लागि मुलपानी क्रिकेट मैदानमा भेन्यु म्यानेजर रहेका राजु बस्न्यातले दर्शकले बल लगेर भाग्नु सामान्य जस्तै भएको बताएका छन् । ‘बल फिर्ता लिने प्रयास गरेका हौं । तर अब भागिसकेपछि हामीले कुनैपनि रिपार्ट गरेनौं । सुरक्षाकर्मीहरुले सोधीखोजी गरेका थिए । दर्शकले बल टिपेर भाग्यो भनेपछि उजुरी नै हाल्ने कुरा पनि भएन’, बस्न्यातले हाँस्दै हाम्रो खेलकुदसँग भने ।
जारी प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरकै कुकाबुरा बलले खेलाइदै आएको छ । उक्त एक बलको मूल्य २५ हजार नेपाली रुपैयाँ पुग्ने गर्दछ । एक मात्रै किन्दा त्यसको मूल्य अझ बढी पर्नसक्छ । हरेक खेलमा दुई नयाँ बल प्रयोग गर्ने गरिन्छ । फरक इनिङमा फरक बल प्रयोग हुने गर्दछ ।
यदि कुनै कारण खेलको दौरानमा बल हराएमा त्यस्तै बल पुन प्रयोग गरिन्छ । अन्य खेलमा प्रयोग भएका बल अम्पायरसँग विकल्पका रुपमा हुन्छ । सकेसम्म पुरानै बल खोज्ने र नभेटिए मात्र अर्को बल प्रयोग गरिन्छ ।
खेलमा टस जितेर पहिला रोजेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । कुवेतका शिराज खानले टि२० आई खेलमा टेस्ट शैलीमा ब्याटिङ गरेका थिए । खानले ३१ बल खेल्दै १२ रन बनाएका थिए । यासिन पटेलले १८ बलमा १० रन बनाएका थिए ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]