1 year ago
October 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछानेले टि२० विश्वकपमा पुगेर घाइते दीपेन्द्रसिंह ऐरीलाई गिफ्ट दिन चाहेको बताएका छन् । सोमबार बिहान सिंगापुरसँग खेल्नुअघि अभ्यासको क्रममा एंकलमा चोट लागेपछि दीपेन्द्रले पूरै प्रतियोगिता गुमाउने छन् ।
मंगलबार मलेसियालाई हराएपछि सन्दीपले दीपेन्द्रको अवस्थाबारे बताउँदै उक्त प्रतिक्रिया दिएका हुन् । ‘उनी लामो समय देखी टि२० क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्ने हाम्रो खेलाडी हुन् । पक्कैपनि उसको कमी महसुस हुनेछ । तर पनि हामी भरपूर्ण प्रयास गर्नेछौं । हामी यहाँबाट जसरी हुनसक्छ जितमाथि जित निकालेर विश्वकप सम्म पुग्नेछौं । त्यो दिप्पीलाई पनि हाम्रो एउटा गिफ्ट हुनेछ’, खेलपछि सन्दीपले पत्रकारसँगको कुराकानीमा भने ।
सन्दीपले दीपेन्द्रलाई ठिक हुन एक देखी डेढ महिना लाग्ने बताएका छन् । ‘उनको गम्भीर किसिमको चोट हो । त्यसैले मलाई लाग्छ एक डेढ महिना उसलाई ठिक हुन सहज हुन्छ होला । शीघ्रस्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु । उसलाई सकेसम्म छिटो भन्दा छिटो मैदानमा देख्न पाउँ’, उनले भने ।
सन्दीपको पूरा भिडियो हेर्नुहोस् :
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]