1 year ago
October 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालको जितसँगै ओमानपनि सेमिफाइनलमा पुगेको छ । समूह ए बाट एक खेल अगावै ओमान र नेपाल सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपालले मंगलबार दिउँसो मलेसियालाई ६ विकेटले हरायो । यदि नेपाल आजको खेलमा पराजित भएको भए सेमिफाइनल बिहीबार निर्धारण हुने थियो । तर नेपालको जितले समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुगेको हो ।
योसँगै समूह ए बाट मलेसिया र सिंगापुर एक खेल अगावै अंक विहीन हुँदै बाहिरिएका छन् । नेपाल २ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । ओमान २ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण शीर्ष स्थानमा छ । ओमानको नेटरनरेट १.३५० र नेपालको १.३२२ छ ।
नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । बिहीबार नेपाल र ओमानबीच बिहान ९ बजे टियु क्रिकेट मैदानमा खेल हुनेछ । उक्त खेलको विजेता समूह ए को पनि विजेता बन्नेछ ।
समूह ए को विजेताले टियुमा समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । समूह ए को उपविजेताले शुक्रबार नै मुलपानीमा समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ ।
समूह बी मा भने चारै टोलीको सेमिफाइनल सम्भावना कायमै छ । युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा २ मा जितका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।
आज पहिलो खेलमा बहराइनले हङकङलाई २० रनले हराएपछि समूह बी को सेमिफाइनल समिकरण रोचक बनेको हो । कुवेत २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
बिहीबार बिहान युएई र हङकङ तथा कुवेत र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलको नतिजापछि समूह बी को सेमिफाइनल र समूह विजेता निर्धारण गर्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]