12 months ago
October 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान अकिब इलियासको अर्धशतकमा ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई १ सय ७५ रनको बलियो लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ । ओमानका अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए ।
तेस्रो विकेटका लागि जिशान मकसुद र अकिब इलियासले ३२ बलमा ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जिशान १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
ओपनर प्रतीक अथवले ३२ बलमा ७ चौकासहित ४२ तथा कश्याप प्रजापति १९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अकिबले प्रतीकसँग मिलेर ३५ बलमा ५० रनको साझेदारी गरेका थिए ।
सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाशले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अनिश परामले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । रमेश कलिमुथुले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]