1 year ago
October 30, 2023
एजेन्सी – हङकङले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा कुवेतलाई १६ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो ।
कुवेतका कप्तान मोहम्मद अस्लामले ३९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए । तर त्यो जितको लागि पर्याप्त हुन सकेन । चौथो विकेटका लागि उस्मानघानी इब्राहिम र अस्लामले ६८ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए ।
तीव्र गतिका बलर अजिज खानको १३ औं ओभरको पहिलो बलमा इब्राहिम एहसान खानबाट आउट भएपछि जित कठिन बनेको थियो । एक समय कुवेतलाई जितको लागि ३६ बलमा ५८ रन चाहिँएको थियो । तर ठूलो सर्टको धुनमा लगातार डट खेलेपछि जित कठिन बनेको थियो ।
कुवेतको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर मित भावसार ३, राविजा सानदारुवान ४ र क्लिन्टो अन्टो १ रनमा आउट भएका थिए । बिलाल ताहिरले २६ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए ।
हङकङका मोहम्मद अजिज खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । एहसान खान र आयुश शुक्लाले दुई दुई विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।
हङकङको जितमा ओपनर मार्टिन कोट्जीले ४८ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । पहिलो विकेटका लागि कोट्जी र निजाकत खानले ११.१ ओभरमा १ सय १ रनको शतकीय साझेदारी गरेका थिए । निजाकत खान २४ बलमा २ चौकासहित २५ रनमा क्याच आउट भएपछि रनको गतीमा ब्रेक लागेको थियो ।
मार्टिन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बाबर बायत २७ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । अंशुमन रथ ९ र यासिम मुर्तजा ५ रनमा आउट भए । कुवेतका सदै मुनिबले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, शिराज खान र मोहम्मद मनाकाडावथले एक एक विकेट लिए ।
हङकङले मंगलबार बिहान बहराइनसँग मुलपानीमा खेल्नेछ । कुवेतले मंगलबार दिउँसो युएईसँग मुलपानीमा खेल्नेछ । यता टियुमा नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । दोस्रो खेलमा ओमानले मलेसियालाई ३२ रनले हरायो । टियुमा मंगलबार बिहान सिंगापुर र ओमानबीच टियुमा खेल हुनेछ । दिउँसो टियुमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]