default_image

10 months ago

October 30, 2023

मार्टिनको उत्कृष्ट ब्याटिङमा कुवेतलाई प्रतिस्पर्धात्मक लक्ष्य

2236 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकी मुलका ओपनर मार्टिन कोट्जीको उत्कृष्ट ब्याटिङमा हङकङले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा कुवेतलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनायो ।

हङकङका ओपनर मार्टिन कोट्जीले ४८ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । तीव्र गतिका बलर सैद मुनिबको बलमा उनी एज लागेर उस्मानघानी इब्राहिमबाट क्याच आउट भएका थिए ।

पहिलो विकेटका लागि कोट्जी र निजाकत खानले ११.१ ओभरमा १ सय १ रनको शतकीय साझेदारी गरेका थिए । तर निजाकत खान २४ बलमा २ चौकासहित २५ रनमा क्याच आउट भएपछि रनको गतीमा ब्रेक लागेको थियो । मार्टिन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । त्यसैको कारण विशाल योगफलमा पुग्न सकेको थिएन ।

बाबर बायत २७ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । अंशुमन रथ ९ र यासिम मुर्तजा ५ रनमा आउट भए । कुवेतका सदै मुनिबले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । मोहम्मद अस्लाम, शिराज खान र मोहम्मद मनाकाडावथले एक एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.