1 year ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजमा रन नबन्दा आफूलाई दबाब भएको बताएका छन् । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको पहिलो खेलमा सिंगापुरविरुद्ध ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएपछि कुशलले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘प्रतियोगिता पहिलो खेल थियो । हामीले हरेक खेललाई एक एक गरी लएका छौं । सबै खेललाई फाइनल जसरी लगेका छौं । चेज राम्रो भयो । आफ्नो प्रदर्शन हेर्दा मुलपानीमा लागेको थिएन । कप्तान र मोन्टी सरले साथ दिई राख्नु भएको थियो’, सिंगापुरविरुद्ध प्लेयर अफ द म्याच चुनिएपछि उनले भने ।
त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा युएईविरुद्ध ५० रन बनाएका थिए । त्यसअघि त्रिकोणात्मक टि२० आई सिरिजको लिग खेलमा १४, ८, २ र १ रनमा आउट भएका थिए ।
‘फाइनलमा युएईविरुद्ध रन लागेको थियो । आज पनि लाग्यो । खुसी छु । ब्याटरको रुपमा खेलेपछि रन नबन्दा दबाब हुन्छ नै । टिममा मलाई सबैको विश्वास थियो । मोन्टी सर र रोहितले साथ दिई राख्नु भएको थियो । उनीहरुलाई म चलेमा राम्रो हुन्छ भन्ने थाहा थियो । यसको श्रेय रोहित र मोन्टी सरलाई दिन चाहन्छु’, कुशलले भने ।
कुशल र आसिफले पहिलो विकेटक लागि ८४ रनको साझेदारी गरेका थिए । टि२० आईमा यी दुई ओपनरले डेढवर्ष पछि अर्धशतकीय साझेदारी गरेका हुन् । टि२० आईमा २०२१ मा सुरुवाती दुई खेलमा कुशल र आसिफले लगातार दुई खेलमा शतकीय साझेदारी गरेका थिए ।
‘आसिफ र म तीन वर्षदेखीसँगै खेल्दै आएका छौं । उसलाई म कसरी खेल्छु र उ पावर प्लेमा कसरी खेल्छ थाहा छ । साझेदारी पनि राम्रो छ । कुरा गरेर खेलेका हुन्छौं । डेढ वर्षपछि अर्धशतकीय साझेदारी गर्दा खुसी लाग्यो’, उनले भने ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]