1 year ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले टि२० आईमा डेढ वर्षपछि ओपनिङमा अर्धशकीय साझेदारी गरेका छन् । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी गरेका थिए ।
यी दुई ओपनरले टि२० आईमा डेढ वर्षपछि ओपनिङमा अर्धशतकीय साझेदारी गरेका हुन् । पछिल्लो पटक आसिफ र कुशलले टि२० आईमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानविरुद्ध तेस्रो स्थानको लागि ५० रनको साझेदारी गरेका थिए । त्यसपछि अर्धशतकीय साझेदारी गरेका थिएनन् ।
यी दुई जोडीले दुई शतकीय साझेदारी गरेका छन् । २०२१ मा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिजमा पहिलो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी थिए ।
नेपालका ओपनरले टि२० आईमा गरेको उच्च साझेदारी हो । त्यसै सिरिजमा मलेसियाविरुद्ध १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । आसिफ र कुशल टि२० आईमा करिअरको दुबै सुरुवाती खेलमा शतकीय साझेदारी गर्ने विश्वका पहिलो खेलाडी हुन् ।
ओडिआईमा भने यी दुई खेलाडीले आइसिसी विश्वकप छनोटमा जिम्बावेविरुद्ध गत जुनमा १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]