default_image

10 months ago

October 30, 2023

दीपेन्द्रको स्थानमा विवेक नेपालको प्लेइङ ११ मा

2989 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर विवेक यादवले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध दीपेन्द्रसिंह ऐरीको स्थान लिएका छन् ।

टसका क्रममा प्लेइङ(११ मा भएपनि दीपेन्द्र अभ्यासको क्रममा घाइते भएपछि नखेल्ने भएका हुन् । अभ्यासका क्रममा उनको खुट्टा मर्किएको बुझिएको छ । त्यसैले अन्तिम समयमा उनको स्थानमा विवेक यादवलाई टोलीमा राखिएको छ । टसका समयमा विवेक प्लेइङ ११ नभएपनि दीपेन्द्र घाइते भएपछि उनको स्थान लिएका हुन् । विवेक सुरुवात देखीनै नेपालको फिल्डिङमा छन् ।

खेलको अन्तिम समयमा कुनैपनि घाइते भएका विपक्षी टोलीको सहमतीमा खेलाडी परिवर्तन गर्न मिल्छ । त्यसैको कारण विवेक यादवले उनको स्थान लिएका हुन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ६.५ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ । रोहन रंगराजन २९ बलमा ९ चौका र १ छक्कासहित ४६ रनमा क्रिजमा छन् । नेपालका करण र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।

तीव्र गतिका बलर करणले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई बोल्ड आउट गरेका थिए । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । नेपालका सन्दीप लामिछाने टोलीमा फर्किदा ललित बेन्चमा छन् ।

नेपालको प्लेइङ ११ स् आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.