default_image

8 months ago

October 29, 2023

भारतसँग पनि इंग्ल्यान्डको लज्जास्पद हार

2210 views

0 Bookmark

एजेन्सी – साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतसँग १ सय रनको लज्जास्पद हारसँगै लिगबाटै बाहिरिने पक्कापक्की भएको छ । लिगबाट बाहिरिन इंग्ल्यान्डको औपचारिकता मात्रै बाँकी छ । भारत भने ६ खेलमा १२ अंकका साथ सेमिफाइनल नजिक पुगेको छ ।

जितको लागि २ सय ३० रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ ओभरमा १ सय २९ रनमा अल आउट भयो । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४६ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए । कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ४.५ ओभरमा ३० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहले मलानलाई १७ रनमा बोल्ड आउट गरे । मलानले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा जो रुट एलबीडब्लू आउट हुँदै गोल्डेन डक आउट भए । आठौं ओभरको अन्तिम बलमा मोहम्मद शामीले बेन स्टोक्सलाई शून्यमा बोल्ड गरे । शामीले नै अर्को ओभरमा जोनी बेयरस्टोलाई १४ रनमा बोल्ड आउट गरेपछि इंग्ल्यान्ड ९.१ ओभरमा ३९-४ को अवस्थामा पुगेको थियो ।

कुलदीप यादवले जस बटलरलाई १० रनमा बोल्ड आउट गरेपछि इंग्ल्यान्डको जितको सम्भावना सकिएको थियो । डेविड विल्लीले १६ र आदिल राशिदले १३ रन बनाए ।

भारतका मोहम्मद शाममीले ७ ओभरमा २ मेडनसहित २२ रन खर्चेरर ४ विकेट लिए । जस्प्रित बुमराहले ६.५ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

त्यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। भारतका कप्तान रोहित शर्मालले १ सय १ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनको योगदान दिए ।

स्पिनर आदिल राशिदको ३७ औं ओभरको पाँचौं बलमा रोहित लङअनमा क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । रोहितबाहेक केएल राहुलले ३९ रन र सूर्यकुमार यादवले ४९ रनको योगदान दिए ।

ओपनर शुभमन गिललाई क्रिस वोक्सले चौथो ओभरको अन्तिम बलमा ९ रनमा बोल्ड आउट गरे । डेविड विल्लीको सातौं ओभरको पाँचौं बलमा विराट कोहली मिडअफमा शून्यमा क्याच आउट भएका थिए । वोक्सको बाउन्सर बलमा श्रेयस ऐर ४ रनमा क्याच आउट भएका थिए ।

एक समय ११.५ ओभरमा ४०-३ को अवस्थामा पुगेका भारतलाई चौथो विकेटका लागि रोहित र लोकेश राहुलले ९१ रनको साझेदारी गरेका थिए । विल्लीको बलमा ठूलो सर्ट खेल्ने धुनमा राहुल टप एज लागेर मिडअनमा जोनी बेयरस्टोबाट क्याच आउट भएका थिए । उनले ५८ बलमा ३ चौकासहित ३९ रन बनाए ।

रविन्द्र जडेजा ८ र मोहम्मद शामी १ रनमा आउट भएका थिए । तल्लोक्रमका सूर्यकुमार यादव ४७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा क्याच आउट भएका थिए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले १० ओभरमा २ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए ।

भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ६ खेलमा १ मा जित र ५ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डले अव अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्नेछ । बाँकी सबै खेल जितेपनि इंग्ल्यान्डको मात्रै ८ अंक हुनेछ । ८ अंक अन्तिम चारमा रहेर सेमिफाइनलमा पुग्न पर्याप्त देखिदैन ।

दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.