default_image

10 months ago

October 29, 2023

इंग्ल्यान्डलाई भारतको मध्यम लक्ष्य

1554 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकमा भारतले आइसिसी विश्वकप २०२३ मा इग्ल्यान्डलाई २ सय ३० रनको मध्यम लक्ष्य दिएको छ ।

लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन जोड्यो । भारतका कप्तान रोहितले १ सय १ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

स्पिनर आदिल राशिदको ३७ औं ओभरको पाँचौं बलमा रोहित लङअनमा क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । रोहितबाहेक केएल राहुलले ३९ रन र सूर्यकुमार यादवले ४९ रनको योगदान दिए ।

ओपनर शुभमन गिललाई क्रिस वोक्सले चौथो ओभरको अन्तिम बलमा ९ रनमा बोल्ड आउट गरे । डेविड विल्लीको सातौं ओभरको पाँचौं बलमा विराट कोहली मिडअफमा शून्यमा क्याच आउट भएका थिए । वोक्सको बाउन्सर बलमा श्रेयस ऐर ४ रनमा क्याच आउट भएका थिए ।

एक समय ११.५ ओभरमा ४०-३ को अवस्थामा पुगेका भारतलाई चौथो विकेटका लागि रोहित र लोकेश राहुलले ९१ रनको साझेदारी गरेका थिए ।

विल्लीको बलमा ठूलो सर्ट खेल्ने धुनमा राहुल टप एज लागेर मिडअनमा जोनी बेयरस्टोबाट क्याच आउट भएका थिए । उनले ५८ बलमा ३ चौकासहित ३९ रन बनाए । रविन्द्र जडेजा ८ र मोहम्मद शामी १ रनमा आउट भएका थिए । तल्लोक्रमका सूर्यकुमार यादव ४७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा क्याच आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले १० ओभरमा २ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.