2 years ago
October 29, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ ।
यी सबै खेल जितेर मात्रै हुँदैन । भाग्यले साथ दिँदै अन्य टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । अष्ट्रेलिया र न्युजिल्यान्डले कम्तिमा दुई खेल हार्नुपर्ने हुन्छ ।
दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले अव न्युजिल्यान्ड, भारत र अफगानिस्तानसँग खेल्न बाँकी छ । तीन मध्य दुई जित सेमिफाइनलमा पर्याप्त हुनेछ । एक जितले पनि सेमिफाइनमा पुग्ने देखिन्छ ।
भारत ५ खेलमा अपराजित रहँदै १० अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । भारतले अव इंग्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । भारतले बाँकी चार मध्य दुई जित सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।
न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । न्युजिल्यान्डले अव दक्षिण अफ्रिका, पाकिस्तान र श्रीलंकाँग खेल्नेछ । अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।
अष्ट्रेलियाले इंग्ल्यान्ड, बंगलादेश र अफगानिस्तानसँग खेल्न बाँकी छ । अष्ट्रेलिया र न्युजिल्यान्डलाई बाँकी तीन मध्य दुई खेलमा जित आवश्यक पर्दछ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । श्रीलंकाले अव अफगानिस्तान, भारत, बंगलादेश र न्युजिल्यान्डसँग खेल्न बाँकी छ ।
पाकिस्तान ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । पाकिस्तानले अव बंगलादेश, न्युजिल्यान्ड र इंग्ल्यान्डसँग खेल्न बाँकीछ ।
अफगानिस्तान ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ सातौं स्थानमा छ । अफगानिस्तानले अव श्रीलंका, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र अष्ट्रेलियासँग खेल्न बाँकी छ ।
नेदरल्यान्ड्स ६ खेलमा २ मा जित र ४ मा हारसहित आठौं स्थानमा छ । नेदरल्यान्ड्सले अव अफगानिस्तान, भारत र इंग्ल्यान्डसँग खेल्न बाँकी छ । बंगलादेश ६ खेलमा १ मा जित र ५ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ ।
विश्वकपमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो सेमिफाइनलमा शीर्ष र चौथो स्थानमा रहने टोली भिड्नेछन् । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]