1 year ago
October 28, 2023
एजेन्सी – भारतमा जारी आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डबीचको एकै खेलमा ७ सय ७१ रन बनेको छ । विश्वकप इतिहासमा एकै खेलमा बनेको यो सर्वाधिक धेरै रन हो । जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनाएपछि कुल ७ सय ७१ रन बनेको हो ।
यसअघि विश्वकपको एकै खेलमा सर्वाधिक धेरै रन ७ सय ५४ रन बनेको थियो । यसै विश्वकपमा दिल्लीमा दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा उक्त रन बनेको थियो । २०१९ मा अष्ट्रेलिया र बंगलादेशबीचको खेलमा ७ सय १४ रन बनेको थियो । अन्य कुनैपनि विश्वकप खेलमा कुल ७ सय रन बनेको छैन ।
हिमाचल प्रदेश स्थित धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
चोटका कारण सुरुवाती खेल गुमाएका उनले पहिलो खेलमै शतक हानेका हुन् । अर्का ओपनर डेविड वार्नर ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रनमा आउट भए । अष्ट्रेलियाले कुल २० छक्का हानेको थियो । अष्ट्रेलियाबाट वार्नरले ६, हेडले ७, कप्तान प्याट कमिन्सले ४, ग्लेन म्याक्सवेलले २ र जोश इंग्लिसले १ छक्का हानेका थिए ।
अष्ट्रेलियाले कुल ३२ चौका प्रहार गरेको थियो । वार्नरले ५, हेडले १०, जोश इंग्लिसले ४, म्याक्सवेलले ५, मिचेल मार्श, मार्नस लाबुसेन, स्टिभ स्मिथ र प्याट कमिन्सले समान २ चौका हानेका थिए ।
खेल हारेपनि न्युजिल्यान्डले पनि सानदार ब्याटिङ गर्यो । जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो ।
न्युजिल्यान्डका रचिन रविन्द्रले ८९ बलमा ९ चौका र ५ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेलेका थिए । न्युजिल्यान्डले खेलमा १२ छक्का र ३३ चौका प्रहार गरेको थियो ।
न्युजिल्यान्डका रविन्द्रले सर्वाधिक पाँच छक्का हाने । त्यस्तै जेम्श निसमले ३, विल योंग, डर्याल मिचेल, मिचेल सान्टनार र ट्रेन्ट बोल्टले एक एक छक्का हानेका थिए ।
ओपनर डेभन कन्वेले ६, योंगले ४, रविन्द्रले ९, मिचेलले ६, टम लाथमले २, निसमले ३, ग्लेन फिलिप्स, सान्टनार र म्याट हेनरीले समान एक चौका प्रहार गरेका थिए ।
अष्ट्रेलियाले २० छक्का र न्युजिल्यान्डले १२ गरि खेलमा कुल ३२ छक्का प्रहार भएको थियो । त्यस्तै अष्ट्रेलियाले ३२ र न्युजिल्यान्डले ३३ गरि कुल ६५ चौका प्रहार भएको थियो । दुबै टोलीको चौका र छक्का गरि कुल बाउन्ड्री ९७ प्रहार भएको थियो ।
विश्वकपको एकै खेलमा सर्वाधिक बाउन्ड्री १ सय ५ छ । जारी विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा बाउन्ड्री १ सय ५ प्रहार भएका थिए ।
अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले खेलमा कुल ४५ चौका र १४ छक्का प्रहार गरेको थियो ।
जितको लागि उक्त विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४–५ ओभरमा ३ सय २६ रन बनाएको थियो । श्रीलंकाले खेलमा २९ चौका र १७ छक्का हानेको थियो । खेलमा कुल ७४ चौका र ३१ छक्का प्रहार भएको थियो ।
यो पनि : विश्वकपको एकै खेलमा पहिलो पटक ७ सय ५४ रन र १ सय ५ बाउन्ड्री
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]