default_image

11 months ago

October 28, 2023

बंगलादेशलाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

842 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी विश्वकप २०२३ मा बंगलादेशलाई २ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्स ५० ओभरमा २ सय २९ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ८९ बलमा ६ चौकासहित सर्वाधिक ६८ रन बनाए । वेस्ली ब्यारेसीले ४१ बलमा ८ चौकासहित ४१ रन बनाए ।

नेदरल्यान्ड्सका ओपनर विक्रमजित सिंह ३ र म्याक्स ओडाउड शून्यमा आउट भएका थिए । मध्यक्रमका प्रमुख ब्याटर कोलिन एकरम्यानलाई सकिब अल हसनले १५ रना मुश्ताफिजुर रहमानबाट क्याच आउट गराए । बास डि लिड ३२ बलमा २ चौकासहित १७ रन बनाउँदै क्याच आउट भए ।

स्याइब्रान्ड एंगेलब्रेक्ट ६१ बलमा ३ चौकासहित ३५ रनमा मेहेदी हसन मिराजको बलमा एलबीडब्लू आउट भए । छैटौं विकेटका लागि स्कट र एंगेलब्रेक्टले १ सय ५ बलमा ७८ रनको साझेदारी गरेका थिए ।

तल्लोक्रममा तीव्र गतिका बलर लोगन भान बिक १६ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे ।
बंगलादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मेहेदी हसन र मुश्ताफिजुर रहमानले समान दुई विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.