default_image

11 months ago

October 28, 2023

टि२० विश्वकप छनोट : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी

12220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल सोमबार देखी नेपालमा सुरु हुँदैछ । प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ।

नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन् । समूह ए का सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् ।

विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । विश्वकप छनोटबारे सम्पूर्ण जानकारी यस प्रकार छ ।

नेपालको खेल तालिका –

कार्तिक १३ (सोमबार) – सिंगापुरसँग बिहान ९ बजे, टियु मैदान

कार्तिक १४ (मंगलबार) – मलेसियासँग दिउँसो १ : ३० बजे, टियु मैदान

कार्तिक १६ (बिहीबार) – ओमानसँग बिहान ९ बजे, टियु मैदान

सेमिफाइनल : कार्तिक १७ (शुक्रबार) – पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेताबीच टियु मैदानमा बिहान ११ बजे प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता र समूह ए को उपविजेताबीच मुलपानी मैदानमा बिहान ११ बजे खेल हुनेछ ।

फाइनल (आइतबार)- कार्तिक १९ – दुबै सेमिफाइनलका विजेता टोलीबीच । फाइनल टियु क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ ।

लाइभ – खेलको लाइभ नेपालमा कान्तिपुर टेलिभिजनले गर्नेछ । अनलाइनमा फ्यान कोर्ड र आइसिसी टिभीबाट हेर्न सकिनेछ ।

टिकट : टिकटको मूल्य क्यानले निर्धारण गरेको छैन । क्यानको टिकेटिङ्ग पार्टनर आइएमई पेबाट छनोटका खेलहरुको टिकट काट्न सकिन्छ । त्रिकोणात्मक सिरिजमा मूल्य २ सय राखिएको थियो । छनोटमा पनि त्यहिँ मूल्य राख्ने अनुमान गरिएको छ ।

को पुग्छ विश्वकपमा ?


छनोटको फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल जित्ने टोलीहरुले विश्वकप खेल्न पाउनेछन् । नेपाल, युएई, ओमान र हङकङ प्रमुख दाबेदार टोली हुन् ।

वरियता – विश्वकप छनोट खेल्ने टोलीमा नेपालको टि२० आई वरियता १६ औं स्थानमा छ । युएई १७ औं, ओमान २० औं, हङकङ २१ औं, मलेसिया २५ औं, कुवेत २७ औं, बहराइन २८ औं र सिंगापुर ३६ औं स्थानमा छन् ।

नेपालको टोली :

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

मैदानको बारे जानकारी

मुलपानी :

मुलपानी मैदान स्पिनर सहयोगी मानिन्छ । ब्याटर भन्दा बलरलाई बढी फाइदा मिल्न सक्छ । माथिल्लो मुलपानी मैदानमा त्रिकोणात्मक सिरिजमा ६ खेल भएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले सर्वाधिक १० विकेट लिएका थिए ।

त्यस्तै सोमपाल कामीले ७, अभिनाश बोहराले ५ विकेट लिएका थिए । स्पिनरको बल राम्रो टर्न भएको थियो । हङकङका स्पिनर एहसान खानले ५ र यासिम मुर्तजाले ४ विकेट लिएका थिए । तुलनात्मक रुपमा मुलपानीको बाउन्ड्री टियुको भन्दा छोटो हुनेछ ।

टियु –

टियु मैदान ब्याटिङ सहयोगी पिच मानिन्छ । गत वैशाखमा एसिसी प्रिमियर कपपछि त्रिकोणात्मक सिरिजको फाइनल भएको थियो । टियुको पिचले राम्रो विश्राम पाएको छ । त्रिकोणात्मक सिरिजको फाइनलमा तीव्र गतिका बलर र स्पिनरले राम्रो प्रदर्शन थिए । टियुको पिच ब्याटिङ सहयोगी छ ।

हरेक टोलीका प्रमुख स्टार खेलाडीहरु

नेपाल – दीपेन्द्रसिंह ऐरी (अलराउन्डर)

युएई – मोहम्मद वासिम (ब्याटर)

हङकङ – बाबर हायत(ब्याटर)

ओमान – अकिब इलियास (अलराउन्डर)

मलेसिया – विरनदीप सिंह (ब्याटर)

कुवेत – मित भावसार

सिंगापुर – जनकप्रकाश (बलर)

बहराइन – हैदर अली (ब्याटर)

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.