default_image

11 months ago

October 28, 2023

अष्ट्रेलियाको न्युजिल्यान्डलाई विशाल लक्ष्य

2319 views

0 Bookmark

एजेन्सी – बायाँ हाते ओपनर ट्रविस हेडको शतक र डेविड वार्नरको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ३ सय ८९ रनको विशाल लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रनमा अल आउट भयो ।

अष्ट्रेलियाका लागि ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । हेडले ५९ बलमै शतक पूरा गरेका हुन् । उनको यो ओडिआई करिअरको चौथो शतक हो । विश्वकपमा उनको पहिलो शतक हो ।

हेड गत सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध चौथो ओडिआई खेल्नेक्रममा घाइते भएका थिए । त्यसपछि टोलीमा फर्किदै उत्कृष्ट शतक प्रहार गरेका थिए ।

अष्ट्रेलियालाई ओपनर हेड र डेविड वार्नरले १९.१ ओभरमा १ सय ७५ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । वार्नर ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रनमा ग्लेन फिलिप्सको बलमा कट एण्ड बोल्ड आउट भए । यसअघि पाकिस्तानसँग १ सय ६३ र नेदरल्यान्ड्ससँग १ सय ४ रन बनाएका वार्नर शतकमा ह्याट्रिक हान्न चुकेका थिए ।

सुरुवाती १० ओभरमा यी दुई ओपनरले १ सय १८ रन बनाएका थिए । एक समय चार सय रन सजिलै कटाउने सम्भावना देखाएपनि मध्यक्रममा लगातार विकेट गुमाउँदा त्यो सफलता हात पार्न सकेन ।

फिलिप्सको २४ औं ओभरको दोस्रो बलमा हेड बोल्ड आउट भए । मिचेल सान्टनारले मिचेल मार्शलाई ३६ रनमा बोल्ड आउट गरे । ५१ बल खेलेका मार्शले २ चौका हानेका थिए । फिलप्सको बलमा स्टिभ स्मिथ १८ रनमा क्याच आउट भए ।

सातौं विकेटका लागि जोश इंग्लिस र प्याट कमिन्सले २२ बलमा ६२ विष्फोटक साझेदारी गरेका थिए । इंग्लिस २८ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा क्याच आउट भए । प्याट कमिन्स १४ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा एलबीडब्लू आउट भए । ट्रेन्ट बोल्टले ४९ औं ओभरको सुरुवाती तीन बलमा कमिन्स र इंग्लिसलाई आउट गरेका थिए ।

ग्लेन म्याक्सवेल २४ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मार्नस लाबुसेन १८ र मिचेल स्टार्क १ रनमा आउट भए । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए ।

मिचेल सान्टनारले १० ओभरमा ८० रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । जेम्श निसम र म्याट हेनरीले समान एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.