1 year ago
October 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँग चार विकेटले पराजित भयो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । एक समय दुई सय रन कटाउने सम्भावना देखाएपनि नेपाल मध्यम योगफलमै रोकिएको थियो ।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाउँदा युएईका आयन खानले तीन महत्वपूर्ण विकेट लिएका थिए । कप्तान मोहम्मद वासिमको आक्रामक ब्याटिङको सहयोगमा युएईले उपाधि जितेको हो । टोलीलाई दुई बलमा दुई रन चाहिँदा बासिल हामीदले छक्का हान्दै खेल सकाएका थिए । नेपालले फाइनलमा युएईसँग हार्नुको पाँच प्रमुख कारण यस प्रकार छन् ।
५.पावर प्लेमा विकेट विहीन हुनु
टि२० क्रिकेटमा विकेट सधैं महत्वपूर्ण हुन्छ । १६० देखी ७० रनको योगफल प्रतिस्पर्धात्मक मानिन्छ । नेपालले उक्त लक्ष्य रक्षा गर्न सुरुवातमा विकेट लिनुपर्ने हुन्थ्यो । तर युएईले पहिलो पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा ६७ रन बनाएको थियो ।
युएईको सुरुवात उसले चाहे जस्तो भएको थियो । युएईको उक्त सुरुवात नेपालको हारको कारण बनी सकेको थियो । नेपालले पावर प्लेमा दुई वा तीन विकेट लिन सकेको भए सायद नतिजा अर्कै हुनसक्थ्यो ।
४.कमजोर फिल्डिङ
नेपालको फिल्डिङ हारको एक कारण बन्यो । नेपालको जित वा हार युएईका मोहम्मद वासिमको प्रदर्शनमा धेरै निर्भर हुने पक्का थियो । वासिम युएईका प्रमुख ब्याटर हुन् । उनी चलेको खण्डमा युएईले कुनैपनि टोलीलाई हराउन सक्छ ।
वासिमले २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रन बनाउँदै सानदार सुरुवात दिलाउनुको साथै टोलीको जित सहज बनाएका थिए । करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए ।
ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले कट एण्ड बोल्ड आउट हुनबाट बचेका थिए । अर्कोतर्फ नेपाली फिल्डरको प्रदर्शन पनि राम्रो हुन सकेन । खेलमा नेपालले लगातार मिस फिल्ड गरेको थियो । वासिमको दुई जीवनदानसँगै मिस फिल्ड हारको एक कारण थियो ।
३.अन्तिम १० ओभरमा कमजोर ब्याटिङ
नेपालका ओपनर कुशल भुर्तेल बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशलले २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रन बनाउँदै आउट भएका थिए ।
नेपालले सुरुवाती १० ओभरमा ९५ रन बनाउँदा मात्रै तीन विकेट गुमाएको थियो । नेपालले राम्रो अन्त्य गर्न सकेको भए २ सय रनको आसपासमा योगफल बनाउन सक्थ्यो । तर अन्तिम १० ओभरमा ६७ रन बनाउँदा ५ विकेट गुमायो ।
नेपालका मध्यक्रमका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्तिम ६० बलमा राम्रो ब्याटिङ गर्न नसक्नु नै हारको कारण बन्यो ।
२. मोमेन्ट्स युएईको पक्षमा जानु
टि२० क्रिकेटमा मोमेन्ट्स (क्षण) सधैं महत्वपूर्ण हुन्छ । खेलको सुरुवात र अन्त्य दुबैमा मोमेन्ट्स युएईको पक्षमा गर्यो । नेपालले अन्तिम ओभरमा मात्रै दुई रन जोडेको थियो । तीव्र गतिका बलर जहुर खानले अन्तिम ओभरमा लगातार पाँच बल करण केसीलाई डट राखेका थिए । अन्तिम बलमा दुई रन दिए ।
त्यसैको कारण युएई मोेमेन्ट्स आफ्नो पक्षमा लगेर ड्रेसिङ रुममा गएको थियो । करणले यस ओभरमा रन बनाउन सकेको भए सायद नतिजा अर्कै हुनसक्थ्यो ।
अर्कोतर्फ युएईले ब्याटिङमा ड्रिम सुरुवात गर्यो । पहिलो बल नै सोमपाल कामीले नो बल गरेका थिए । बलिङ गर्नेक्रममा खुट्टाले स्टम्प लागेपछि नो बल भएको थियो । फ्रि हिट बलमा छक्का र त्यसपछि लगातार दुई चौका वासिमले प्रहार गरेका थिए ।
हरेक ब्याटर जस्तो सुरुवातको सोच राख्छन् त्यसै आज युएईलाई भएको थियो । पहिलो ओभरमै आक्रामक ब्याटिङ गरेपछि युएईका ब्याटरको मनोबल झन् बढेको थियो । त्यसैको कारण वासिम थप खुलेर खेलेका थिए । कुशल समयमा मोमेन्ट्स गुमाउनु नेपालको हारको कारण हो ।
१ एकै ओभरमा दीपेन्द्र र रोहित आउट हुनु
नेपालको हारको मुख्य कारण नै १३ औं ओभरमा दुई प्रमुख ब्याटर आउट हुनु हो । नेपाल १२ ओभरमा १०८(३ को अवस्थामा थियो । रोहित १६ बलमा १८ र दीपेन्द्र १३ बलमा २० रन खेलेका थिए । यी दुई क्रिजमा हुँदा सम्म नेपालले २ सय रनको आसपासमा रन बनाउने अनुमान गरिएको थियो ।
तर तीव्र गतिका बलर अली नासिरको १३ औं ओभरको पहिलो बल रोहितले प्याडल सर्ट खेल्ने धुनमा चोभार एन्डमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । बल अपेक्षा भन्दा कम उठ्दा रोहित क्याच आउट हुनु परेको थियो । चौथो बलमा दीपेन्द्र बोल्ड आउट भए । नासिरको इनस्वींग बलमा दीपेन्द्र बोल्ड आउट हुन पुगेका थिए ।
नेपालको हारको टर्निङ प्वाइन्ट ओभर यहिँ थियो । दुई ब्याटर एकै ओभरमा आउट भएपछि तल्लोक्रमका ब्याटर दबाबमा परेका थिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]