1 year ago
October 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मुख्य प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल हारेको छ । मोन्टी गत माघमा नेपालको मुख्य प्रशिक्षक बनेर आएका थिए ।
उनको प्रशिक्षणमा नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेलेको थियो । टियुमा नेपालले उक्त चार खेल नै जितेको थियो ।
त्यसपछि नेपाली टोली युएई र पपुवा न्युगिनीसँग दुबईमा गएर लिग २ को खेल खेलेको थियो । त्यहाँ नेपालले चार मध्य तीन खेल जितेको थियो । लगत्तै नेपालले लिग २ मा टियु मैदानमा युएई र पपुवा न्युगिनीलाई समान चार खेलमा हराएको थियो ।
मोन्टीको प्रशिक्षणमा नेपालले लिग २ मा खेलेका आठ खेल नै जितेको थियो । गत वैशाखमा नेपालले एसिसी प्रिमियर कपमा समूह चरणमा तीन र फाइनलमा गरि कुल चार खेल जितेको थियो । प्रिमियर कपमा समूह चरणको साउदी अरेविया र सेमिफाइनलमा कुवेतसँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो ।
त्यस्तै नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले मुलपानी मैदानमा हङकङ र युएई दुबैलाई हराएको थियो । नेपालले मोन्टीको प्रशिक्षणमा घरेलु मैदानमा लगातार १६ खेल जितेको थियो ।
लिग २ मा आठ, प्रिमियर कपमा चार र त्रिकोणात्क टि२० आई सिरिजमा चार गरि कुल १६ खेल मोन्टीको प्रशिक्षणमा घरेलु मैदानमा नेपालले जितेको थियो । त्यो जित यात्रा युएईले टि२० त्रिकोणात्मक सिरिजको फाइनलमा समाप्त गरेको छ । नेपाल १७ औं खेलमा घरेलु मैदानमा मोन्टी आएपछि पराजित भएको हो ।
मोन्टीको मुख्य प्रशिक्षणमा नेपालले सानदार प्रदर्शन गर्दै आएको छ । नेपालको मुख्य प्रशिक्षणमा नेपालले ओडिआई मान्यता जोगाउनुको साथै, विश्वकप छनोट र एसिया कप जस्ता ठूलो उपलब्धी हात पारेको छ । नेपालले पछिल्लो समय ब्याटिङमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]