default_image

12 months ago

October 27, 2023

एकै ओभरमा नेपालले दुई प्रमुख विकेट गुमायो

567 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईविरुद्ध एकै ओभरमा दुई प्रमुख ब्याटर गुमाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ ।

१३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए ।

ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भएका छन् । आफ्नो टि२० आई करिअरको छैटौं अर्धशतक प्रहार गरेको एक बलपछि भुर्तेल आउट थिए ।

तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल बोल्ड आउट भएका हुन् । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।

आसिफले १२ बल खेल्दा १ चौका हानेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए ।

पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.