1 year ago
October 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईविरुद्ध आक्रामक अर्धशतक पूरा गर्दै आउट भएका छन् । कुशलले २८ बलमा आफ्नो टि२० आई करिअरको छैटौं अर्धशतक पूरा गरेका हुन् । कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित ५० रनमा आउट भए ।
अर्धशतक प्रहार गरेको एक बलपछि आउट भएका हुन् । तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल बोल्ड आउट भएका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ । रोहित पौडेल २ र दीपेन्द्रसिंह ऐरी १ रनमा क्रिजमा छन् ।
छैटौं ओभरमा कुशल भुर्तेलले अली नासिरलाई दोस्रो, तेस्रो र छैटौं ओभरमा गरि तीन छक्का हानेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।
आसिफले १२ बल खेल्दा १ चौका हानेका थिए । आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।
त्यसअघि ओपनर आसिफ शेखले ब्यक्तिगत शून्यमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहको बलमा एज लागेपनि विकेटकिपर अर्यांश शर्माले छाड्न पुगेका थिए ।
कुशल भुर्तेलले दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको दोस्रो बलमा दीलस्कुप खेल्ने धुनमा जवादुल्लाहले क्याच छाड्न पुगेका थिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]