default_image

12 months ago

October 27, 2023

दक्षिण अफ्रिकाको ब्याटिङलाई रोक्न पाकिस्तानी बलरलाई चुनौती

1084 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा चेन्नईमा सुरु हुनेछ । यस विश्वकपमा सानदार ब्याटिङ प्रदर्शन गरेको दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिन चाहन्छ ।

उता सेमिफाइनल सम्भावना कायमै राख्न पाकिस्तानलाई जित्नै पर्ने हुन्छ । आजको खेलमा पाकिस्तान पराजित भएमा सेमिफाइनल सम्भावना अंक गणीतिय मात्रै बाँकी रहनेछ । दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा शतप्रतिशत जितका साथ १० अंक जोड्दै शीर्षस्थानमा छ ।

आजको खेलमा विजयी हुँदा दक्षिण अफ्रिका भारतलाई पछि पार्दै शीर्षस्थानमा उक्लिनेछ । उता पाकिस्तान ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । पाकिस्तान १२ अंकका साथ सेमिफाइनल खेल्ने सोचमा छ ।

पाकिस्तानले दक्षिण अफ्रिकासँगै न्युजिल्यान्ड, बंगलादेश र इंग्ल्यान्डसँग खेल्न बाँकी छ । यी सबै खेल जितेको खण्डमा पाकिस्तान अन्तिम चारमा स्थान बनाउन सक्छ । तर एक खेलमा पराजित हुँदा पनि सेमिफाइनल सम्भावना कठिन बन्ने देखिन्छ ।

दक्षिण अफ्रिकाले जारी विश्वकपमा सानदार ब्याटिङ गरेको छ । श्रीलंकाविरुद्ध ४ सय २८, अष्ट्रेलियाविरुद्ध ३ सय ११, इंग्ल्यान्डविरुद्ध ३ सय ९९ र बंगलादेशविरुद्ध ३ सय ८२ रन बनाएको थियो । नेदरल्यान्ड्ससँग ३८ रनले पराजित भएको थियो । जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ७ रनमा अल आउट भएको थियो ।

चेन्नईको पिच स्पिनर सहयोगी मानिन्छ । तर पाकिस्तानका स्पिन आक्रामण कमजोर छ । शादब खान लयमा छैनन् । पाकिस्तानको लागि ठूलो समस्या बन्दै आएको छ ।

शादब खान र उस्मा मिरको प्रदर्शन महत्वपूर्ण हुनेछ । उता दक्षिण अफ्रिकाका हेनरिक क्लासेन जारी विश्वकपमा सबैभन्दा उत्कृष्ट रुपमा स्पिन खेलेका छन् । हेनरिक क्लासेनले इंग्ल्यान्डविरुद्ध १०९ र बंगलादेशविरुद्ध ९० रनको सानदार इनिङ खेलेका थिए ।

दक्षिण अफ्रिका क्विन्टन डि ककले पाँच मध्य तीन खेलमा शतक हानेका छन् । डि ककले श्रीलंकाविरुद्ध १००, अष्ट्रेलियाविरुद्ध १०९ र बंगलादेशविरुद्ध १ सय ७४ रन बनाएका थिए । एडेन माक्ररमले श्रीलंकाविरुद्ध १०६, अष्ट्रेलियाविरुद्ध ५६ र बंगलादेशविरुद्ध ६० रन बनाएका थिए । आजको खेलमा टेम्बा बभुमा फिट भएको खण्डमा रिजा हेन्ड्रिक्स बाहिर हुनुपर्छ । रास्सी भान डर डुसेन, डेविड मिलर र मार्को यानसन पनि राम्रो लयमा छन् ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र हसन अली लयमा देखिएका छैनन् । दक्षिण अफ्रिका ब्याटर पुनः हाबी हुन सक्छन् । पाकिस्तानका बाबर आजम दबाबमा छन् । सुरुवाती हारका साथ उनको चर्को आलोचना भएको छ । ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरबाट महत्वपूर्ण खेलमा पाकिस्तान सानदार प्रदर्शन चाहन्छ ।

मोहम्मद रिजवान भने उच्च लयमा छन् । रिजवानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओपनर इमाम उल हकको स्थानमा फखार जमानलाई मौका दिनसक्छ । अब्दूल्लाह शफिक, इफ्तिखर अहमद र साउद सकिलले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ । दक्षिण अफ्रिका र पाकिस्तानबीच विश्वकपमा पाँच खेल भएका छन् । दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएका छन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.