default_image

11 months ago

October 26, 2023

साविक विजेता इंग्ल्यान्ड लिगबाटै बाहिरिने उच्च सम्भावना

1191 views

0 Bookmark

एजेन्सी – साविक विजेता इंग्ल्यान्ड भारतमा जारी आइसिसी विश्वकप २०२३ मा लिगबाटै बाहिरिने उच्च सम्भावना बनेको छ । सुरुवाती पाँच मध्य चार खेलमा हार व्यहोरेपछि प्रतियोगिता सुरु हुनुअघि उपाधिको प्रमुख दाबेदार तथा साविक विजेता इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरिने उच्च सम्भावना भएको हो ।

इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ । इंग्ल्यान्डले जारी विश्वकपमा बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेट, अफगानिस्तानसँग ६९ रन, दक्षिण अफ्रिकासँग २ सय २९ र श्रीलंकासँग ८ विकेटले पराजित भएपछि सेमिफाइनल यात्रा अंक गणीतियमा निर्भर हुनु परेको हो ।

इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न बाँकी सबै खेलमा जित्नुपर्छ । सबै खेल जित्दा १० अंकमा मात्रै पुग्न सक्छ । तर १० अंकका साथ सेमिफाइनल पुग्ने सम्भावना अंक गणीतिय मात्रै बाँकी रहन्छ ।

आफूले सबै खेल जितेर मात्रै हुँदैन अष्ट्रेलिया र पाकिस्तानको नतिजा पनि आफू अनुकूल आउनुपर्छ । यस विश्वकपमा घरेलु टोली भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । भारत जारी विश्वकपमा अपराजित एक्लो टोली हो ।

दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण न्युजिल्यान्ड तेस्रो स्थानमा छ । अव इंग्ल्यान्डले भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिकालाई अंक तालिकामा पछि पार्ने सम्भावना देखिदैन ।

त्यसैको कारण अव अन्तिम चारमा स्थान बनाउनु पर्ने हुन्छ । अन्तिम चारमा अष्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने देखिन्छ । अष्ट्रेलिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । अष्ट्रेलियाले अव न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तान ५ खेलमा २ मा जित र ३ मा हारसहित छैटौं स्थानमा छ ।

पाकिस्तानले अव दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इंग्ल्यान्ड र बंगलादेशसँग खेल्न बाँकी छ । १० अंकका साथ इंग्ल्यान्डले अष्ट्रेलिया र पाकिस्तानलाई पछि पार्न यी दुबै देशले चार मध्य तीन तीन खेल हार्नुपर्ने हुन्छ । त्यसैको कारण इंग्ल्यान्डको सेमिफाइनल सम्भावना निकै कठिन देखिन्छ । इंग्ल्यान्डले सन् १९९६ पछि विश्वकपमा लगातार तीन हार पहिलो पटक ब्यहोरेको हो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.