default_image

1 year ago

October 26, 2023

श्रीलंकासँगको हारसँगै इंग्ल्यान्डको सेमिफाइनल सम्भावना कठिन

1509 views

0 Bookmark

एजेन्सी – साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै सेमिफाइनल सम्भावना कठिन बनेको छ । सुरुवाती पाँच मध्य चार खेलमा हार व्यहोरेपछि इंग्ल्यान्डको अंक गणीतिय सम्भावना मात्रै बाँकी रहेको थियो ।

जितको लागि १ सय ५७ रनको सामान्य लक्ष्य श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंका जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे । सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे ।

तेस्रो विकेटका लागि सदिरा र निसांकाले १ सय ३७ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ओपनर कुशल परेरा ४ र कप्तान कुशल मेन्डिस ११ रनमा आउट भएका थिए । एक समय २३-२ को अवस्थामा पुगेपनि सदिरा र पाथुमले सहज जित दिलाए । इंग्ल्यान्डका डेविड विल्लीले ५ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले ७३ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन सम्झन लायक थिएन ।

इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ६.३ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । मलान स्पिनर एन्जिलो म्याथ्युजको बलमा कुशल मेन्डिसबाट २८ रनमा क्याच आउट भए । मलानले २५ बलमा ६ चौकासहित २८ रन बनाए । मलानको विकेटपछि इंग्ल्यान्डले लगातार विकेट गुमाएको थियो । कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् ।

जो रुट ३ रनमा रन अउट भए । रुट रन आउट हुनु श्रीलंकाको लागि टर्निङ प्वाइन्ट बनेको थियो । जोनी बेयरस्टो ३१ बलमा ३ चौकासहित ३० रनमा क्याच आउट भए । बेयरस्टो तीव्र गतिका बलर कसुन रजिथाको बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट भए । त्यो समय इंग्ल्यान्ड १३.२ ओभरमा ६८-३ को अवस्थामा थियो ।

लाहिरु कुमाराको बलमा जस बटलर एक रनमा कुशल मेन्डिसबाट क्याच आउट हुँदा ७७-४ को अवस्थामा पुगेको थियो । मोईन अली १५, क्रिस वोक्स शून्य र लियाम लिभिङस्टोन १ रनमा आउट भएपछि इंग्ल्यान्ड २५.५ ओभरमा १२३-७ को दयनीय अवस्थामा पुगेको थियो । लाहिरु कुमाराको ३१ औं ओभरको पहिलो बलमा बेन स्टोक्स पुल सर्ट खेल्ने धुनमा डिप मिडविकेटमा क्याच आउट भएपछि इंग्ल्यान्डको अन्तिम आशा समाप्त भएको थियो ।

डेविड विल्ली १४ रनमा नट आउट हुँदा मार्क वुड ५ रनमा आउट भए । श्रीलंकाका तीव्र गतिका बलर लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एन्जिलो म्याथ्युजले ५ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ नवौं स्थानमा छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । इंग्ल्यान्ड सेमिफाइनलमा पुग्न बाँकी सबै खेलमा जित्नुपर्छ । सबै खेल जित्दा १० अंकमा पुग्न सक्छ । तर १० अंक सेमिफाइनलमा पुग्न पर्याप्त हुँदैछ ।

अष्ट्रेलिया र पाकिस्तानको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । यस विश्वकपमा घरेलु टोली भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण न्युजिल्यान्ड तेस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । पाकिस्तान ५ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.