default_image

11 months ago

October 26, 2023

‘मेरो काम प्रदर्शन गर्ने हो’- देव खनाल

1728 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले कीर्तिमानी तीन शतक प्रहार गरेपछि सिनियर टोलीमा पूनरागमन बारे सोध्दा आफ्नो काम प्रदर्शन गर्ने भएको बताएका छन् ।

‘हैन म अहिले नै सिनियर टोलीमा भन्दिन । मेरो काम प्रदर्शन गर्ने हो । सबै भन्दा ठूलो सपना सिनियर टोलीबाट नै खेल्नेछ । आफ्नो मिहिनेत गरि राखेको छु । जुन दिन आउछ म त्यो अवसरको पर्खाईमा छु । सिनियर टोलीमा गएर यस्तै प्रदर्शन गर्न प्रयास गर्नेछु’, उनले भने ।

देवले नेपाली टोलीबाट १० ओडिआई खेल्दै २ अर्धशतक प्रहार गरि सकेका छन् । २०२२ मार्चमा देवले पपुवा न्युगिनीविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । नेपाली क्रिकेटमा शीर्षक्रम ब्याटिङमा उनलाई दीर्घकालिन विकल्पको रुपमा समेत हेरिएको छ । तर गतवर्ष भदौ देखी उनी नेपाली टोलीमा ९ महिना बाहिर रहनु परेको थियो ।

नेपालले एसिसी इमर्जिङ प्रिमियर कपमा उनलाई टोलीमा समेतेको थियो । देव ओडिआई विशेष खेलाडी हुन् । नेपाली टोली आइसिसी टि२० विश्वकप छनोटमा ब्यस्त छ । देव ओडिआई खेलमा फर्किने सम्भावना छ ।

देवको कप्तानीमा नेपालले गत फागुनमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो । नेपाल उक्त प्रतियोगितामा पाँच खेलमा नै अपराजित भएको थियो । यस प्रतियोगिता फाइनलमा युएईलाई १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

देव नेपाली क्रिकेटमा यू१९ अन्तर्राष्ट्रियमा तीन शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । उनले विश्वकप छनोटमा कुवेतविरुद्ध १ सय २५, प्रिमियर कपमा इरान र फाइनलमा युएईविरुद्ध समान १ सय रन बनाएका थिए । उनीपछि यू–१९ मा अर्जुन कुमालले दुई शतक हानेका छन् । अन्य कुनैपनि नेपाली ब्याटरले यू–१९ मा दुई शतक हानेका छैनन् ।

देवले फाइनलमा महत्वपूर्ण शतक हानेका थिए । ‘फाइनल भनेको एउटा ठूलो स्टेज हुन्छ । सबै जनालाई फाइनलको हिरो म बन्न पाए हुन्थ्यो भन्ने सबै जनाको सोच हुन्छ । त्यसैमा म कप्तान पनि भए । १२ रनमै दुई विकेट गएको हुँदा त्यो जिम्मेवारी मैले लिनुपर्ने थियो । ब्याटिङ सहयोगी पिच थियो । मुख्य कुरा शतक जितमा आयो’, उनले भने ।

देव नेपाली क्रिकेट यू१९ क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । देव पछि समाचारमा हेरेपछि मात्रै थाहा भएको बताए ।

‘मलाई त कसैले तीन शतक हानेको छैन भन्ने थाहा थिएन । समाचार हेरेपछि थाहा पाए । यस्तो कीर्तिमान बन्दा खुसी लाग्छ । एउटा खेलाडीले त्यसैको लागि मिहिनेत गरि राखेको हुन्छ । मेरो र परिवारको लागि एउटा गर्वको कुरा हो’, देवले भने ।

देवको पूरा भिडियो हेर्नुहोस् :

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.