default_image

11 months ago

October 22, 2023

विश्वकप : भारतविरुद्ध मिचेलको सानदार शतक

1056 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४१ ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको छ ।

डर्याल मिचेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित १ सय रनमा क्रिजमा छन् । उनलाई हिटर ग्लेन फिलिप्सले ११ रनमा साथ दिएका छन् । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो । उनले १ सय बलमा ७ चौका र ४ छक्कासहित शतकीय इनिङ खेलेका थिए ।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए ।

मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा उनी लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए ।

विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए । एक समय ८.१ ओभरमा १९-२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.