default_image

11 months ago

October 22, 2023

उपाधिका लागि नेपाल र युएई भिड्ने

13605 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपको फाइनलमा युएईसँग खेल्ने भएको छ । नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

युएईले उपाधि जित्ने लक्ष्यका साथ सिनियर टोलीका तीन खेलाडीलाई टोलीमा समेटेको थियो । त्यसैको कारण त्रिकोणात्मक सिरिज आयन खानले खेलेका छैनन् । युएईको टोलीबाट खेलि सकेका आयन खानसँगै ओपनर अर्यांश शर्मा र मध्यक्रमका ब्याटर एथान डि सोल्झा युएईको यू१९ टोलीमा छन् ।

कप्तान आयनले युएईको टोलीबाट २५ र १६ टि२० आई खेल खेलेका छन् । उनी स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । ओपनर शर्माले ७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । गत अगष्टमा न्युजिल्यान्डविरुद्ध टि२० आई डेब्यू खेलमै उनले ६० रन बनाएका थिए ।

डि सोल्झाले युएईबाट ३ ओडिआई खेल खेलि सकेका छन् । नेपाल र युएई दुबैले गत फागुनमा भएको आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटको टोलीलाई निरन्तरता दिएका छन् ।

नेपालले युएईलाई ७ रनलेले हराउँदै विश्वकपमा स्थान बनाएकोे थियो । युएईलाई जितको लागि १६ बलमा ८ रन चाहिँदा दीपेश कँडेलले लगातार तीन विकेट लिदै नेपाललाई विश्वकपमा पुर्याएका थिए ।

दीपेशले जारी प्रतियोगितामा ४ खेलमा १८ विकेट लिएका छन् । दीपेशले साउदी र बहराइनविरुद्ध ६–६ विकेट लिएका थिए । जापान र इरानविरुद्ध ३–३ विकेट लिएका थिए ।

नेपालको सिनियर टोलीबाट खेलेका देव खनालले बहराइनविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

यी तीन खेलाडी नेपालका प्रमुख हतियार हुन् । यू१९ प्रिमियर कपको फाइनल मंगलबार हुनेछ । दशैको दिन नेपालले फाइनल खेल खेल्नेछ । फाइनल निकै कडा हुने अनुमान गरिएको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.