default_image

11 months ago

October 21, 2023

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालको विशाल योगफल

3609 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा हङकङसामु २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन जोड्यो । औसत सुरुवात पाएको नेपालका लागि पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए ।

कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलको सामना गर्दै ३ चौका पनि प्रहार गरे । उनी ४१ रनमा हुँदा बाउन्ड्रीनजिक ड्रप भएका थिए । त्यसपछि उनले लगातार ठूलो सट खेल्दै नेपाललाई २ सय रन पार गराएका थिए ।

दीपेन्द्रले सातौं अर्धशतक जोड्ने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

नेपालले दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रनमा हुँदा हारुन अर्षदको बलमा एलबीडब्लु आउट भए । त्यसपछि नेपालले असिफको साथ दिन सोमपाल कामीलाई पठाएको थियो ।

पाँचौ ओभरको पहिलो बलमा सोमपाल ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । एजाज खानको बलमा बाबर हायातको हातबाट क्याच आउट हुनुअघि उनले १२ बलमा ८ रन जोडे ।

आसिफ पनि छैटौं ओभरको अन्तिम बलमा आउट भए । आयुष शुक्लालाई लगातार दुई चौका प्रहार गरेपछि अर्को बलमा उनले क्याच आयुषकै हातमा फिर्ता दिएका थिए । उनले १३ बलमा ४ चौकासहित २० रन जोडे ।

रोहित नवौं ओभरको पहिलो बलमा बोल्ड भएपछि क्रिजमा दीपेन्द्र आएका थिए । रोहित १६ बलमा ११ रन जोड्दै मोहमद घजन्फ़रको बलमा बोल्ड भएका थिए ।

हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिँदा आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १-१ विकेट प्राप्त गरे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो ।

नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दैछन् । त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन् । पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ ।

आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा हङकङमात्रै ९४ रनमा अल आउट भएको थियो । उक्त खेलमा नेपालका करण केसीले चार विकेट लिएका थिए । नेपालले त्यसअघि पहिलो खेलमा यूएईलाई हराएको थियो । सिरिजको फाइनल शुक्रबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.