default_image

11 months ago

October 21, 2023

प्रतिसले टि२०आई डेब्यु गर्दै

1455 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर प्रतिस जिसीले नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट टि२०आई डेब्यु गर्ने भएका छन् ।

फाइल तस्वीर

हङकङविरुद्ध शनिबार हुने त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा प्रतिसले टि२०आई डेब्यु गर्ने भएका हुन् । खेल विहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

सिनियर टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलिसकेका प्रतिसले टि२०आई भने खेलेका थिएनन् । उनले गत वर्ष दुबईमा भएको लिग २ सिरिज अन्तर्गत पिएनजीविरुद्ध खेल्दै सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

प्रतिषले हालसम्म ओडीआईमा ३ खेल खेल्दै २ विकेट लिएका छन् । बायाँ हाते बलर प्रतिस तल्लो क्रममा आक्रामक ब्याटिङका लागि पनि परिचित छन् ।

खेलको टस भएको छैन । टसपछि मात्र प्रतिसले कसको स्थान लिएको पक्का हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.