default_image

11 months ago

October 21, 2023

हङकङलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

2653 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आफ्नो तेस्रो खेलमा आज हङकङसँग खेल्दैछ । खेल दिउँसो ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार तेस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र हङकङलाई ६ विकेटले हराएको थियो ।

आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा हङकङमात्रै ९४ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले चार विकेट लिएका थिए ।

करणले नयाँ बलका साथ सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । सोमपाल कामी र करणले सुरुवातमा सानदार प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा गुलशन र डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् ।

नेपालका करण र सोमपल बलिङका प्रमुख हतियार हुन् । नेपालविरुद्ध ३६ रन बनाएका यासिम मुर्तजा हङकङका फिनिसर हुन् । पाकिस्तान घरेलु क्रिकेटमा राम्रो अनुभव बोकेका उनी पुन घातक बन्नसक्छन् ।

हङकङका कप्तान निजाकत खान, अंशुमन रथ र बाबर हायत प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके हङकङ ठूलो स्कोरमा पुग्ने छैन । तर यी तीन मध्य एक चलेको खण्डमा नेपाललाई चुनौती दिनसक्छ ।

हङकङका स्पिनर एहसान खान प्रमुखबलर हुन् । उनले कुशल भुर्तेल, कुशल मल्ल र सन्दीप जोरालाई बोल्ड आउट गरेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरका ब्याटर कुशल मल्लबाट राम्रो प्रदर्शन चाहन्छ । कप्तान रोहित पौडेल भने दुबे खेलमा खेल फिनिस गरेका थिए । रोहित र दीपेन्द्रसिंह ऐरीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

नेपालको ब्याटिङमा गहिराई छ । तल्लोक्रममा करण, सोमपाल र गुलशनले पनि राम्रो प्रदर्शन गर्न सक्छन् । नेपालले आजको खेलमा स्पिनर सागर ढकाललाई मौका दिनसक्छ । सुरुवाती दुई खेलमा श्याम ढकाललाई मौका दिएको थियो ।

आज उनको स्थानमा सागरलाई मौका दिने सम्भावना छ । उता हङकङले हरुन अर्शदको स्थानमा नसरुल्लाह रानालाई मौका दिनसक्छ ।

हङकङको टोली

निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।

नेपालको टोली ः

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि।सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.