default_image

11 months ago

October 19, 2023

नेपाललाई हङकङको सामान्य लक्ष्य

1854 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ । नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो । पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो ।

हङकङका लागि मध्यक्रमका यासिम मुर्तजाले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । उनी अभिनाश बोहोराको ५० औं टि२०आई विकेट बनेका थिए ।

नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिँदै साथ दिए ।

त्यसअघि इनिङको पहिलो बलमै करणको इनस्वींग बलमा कप्तान निजाकत बोल्ड भएका थिए । त्यसपछि तीव्र गतिका बलरले लगातार विकेट लिएपछि शीर्षक्रम धराशायी बनेको थियो ।

तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे ।

पाँचौ ओभरमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । करणको बलमा मिड अफमा कुशलले डाइभ दिँदै उत्कृष्ट क्याच गरे ।

एक समय ३३-५ को स्थितिमा रहेको हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । उनी श्यामको राष्ट्रिय टोली करिअरको पहिलो शिकार बने ।

त्यसपछि तल्लोक्रमका ब्याट्सम्यान ठूलो सट खेल्ने क्रममा लगातार आउट हुँदा नेपालले सामान्य लक्ष्य पाएको हो । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ-११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.