1 year ago
October 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङविरुद्ध टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएपछि युएई १ सय ३९ रनमै रोकिएको थियो । नेपालका स्पिनर विकेटविहीन बनेका थिए ।
२०२० पछि नेपालले हङकङसँग खेल्दैछ । पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ । तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ । अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
नेपालको प्लेइङ-११ः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।
हङकङको प्लेइङ ११ –
निजाकत खान (कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, हरुन अर्शद, मार्टिन कोट्जी र यासिम मुर्तजा, जिशान अली ।
February 2, 2025
एजेन्सी – रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ । आइतवार भएको खेलमा बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो । जितसँगै बार्सिलोना २२ खेलमा ४५ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]