default_image

11 months ago

October 18, 2023

सेमिफाइनलमा पुग्न नेपालले साउदीलाई हराउनु पर्ने

5771 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियालाई हराए सेमिफाइनलमा पुग्ने भएको छ । समूह ए को अन्तिम खेल नेपाल र साउदी अरेवियाबीचको बिहीबार बिहान ७ : १७ मा सुरुहुनेछ ।

समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ । समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन् । बिहीबार नेपाल र साउदीबीचको विजेता टोली शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो ।

इरानविरुद्ध नेपालका कप्तान देव खनालले १ सय रनको शतकीय इनिङ खेलेका थिए । देवले सिनियर टोलीबाट १० ओडिआई खेल खेली सकेका छन् । स्पिनर दीपेश कँडेलले पनि सानदार बलिङ गर्दै आएका छन् ।

समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमाछ । कतार २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । चीन ३ खेलमा जित विहीन हुँदै बाहिरिएको छ ।

समूह सी मा सिंगापुर २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । कुवेत ३ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरिएको छ । थाईल्यान्ड २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । माल्दिभ्स ३ खेलमा १ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।

समूह डी मा जापान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । इन्डोनएसिया २ खेलमा अंक विहीन हुँदै बाहिरिएकोछ ।

प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् ।

सेमिफाइनल कार्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल समूह बी र सी का शीर्ष टोलीबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.